स्वतन्त्र भुतपुर्वक सैनिक कल्याणकारी परिवार देवदहको चौथो बार्षिक साधारणसभा सम्पन्न !

Read Time:2 Minute, 52 Second

गोविन्द घर्ती

देवदह, मंसीर ४ – राज्यको नीति निर्माण तहमा भुपुहरुको अर्थपूर्ण सहभागिता हुनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले सामाजिक क्रियाकलाप संगै अधिकारको लागि भुपुहरु एकजुट हुनु पर्नेमा जोड दिएका थिए । स्वतन्त्र भुतपुर्वक सैनिक कल्याणकारी परिवार देवदहको चौथो बार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै पुवै सैनिक कल्याणकारी महासंघका केन्द्रिय अध्यक्ष धनबहादुर थापाले जव सम्म भुपुहरुलाई राज्यले सम्मान दिन सक्नु पर्नेमा जोड दिनु भएको थियो ।

उहाले समाज परिवर्तनमा भुपुहरुको अह्म भूमिका भएकोले भुपुहरुको अधिकारको लागि राज्य पनि गंभिर हुनु पर्ने बताउनु भयो । उहाले एकताले मात्र हरेक काम गर्न सक्ने भन्दै भुपुहरु एक जुट हुनु पर्नेमा जोड दिनु भयो । परिवारका अध्यक्ष कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले देवदह नगर कमिटीका उपाध्यक्ष खैराज शर्मा, परिवारका प्रेस सल्लाहकार भिमप्रसाद गुरुङ्ग, परिवारका संस्थापक अध्यक्ष जीतबहादुर पाईजा, जिल्ला सैनिक बोर्ड बुटवलका प्रमुख पदमप्रताप जिसी, देवदह साना किसान कृषि सहकारीका अध्यक्ष टिका गौतम लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

परिवारका अध्यक्ष गुरुङ्गले कार्यक्रमको औचित्यको वारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा घैटो फोड, बोरा दौड, गुच्छा दौड, मिठाई दौड, कुर्ची दौड लगायतका खेलकुदहरु समेत खेलाईएको थियो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आ–आफना गीत तथा नृत्य प्रस्तुत गर्नु भएको थियो ।

परिवारका उपाध्यक्ष खुमबहादुर सिंह ठकुरीको स्वागत र सचिव किसनबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %