हरिबहादुर घर्ती मगर

मंसिर ५ – उत्पीडित जाती समुदायलाई पहिचान सहितको अधिकार दिनपर्छ भनेर, नश्लिल शासकहरु फेरी रोए जस्तो र पिटे जस्तो खेल खेल्दै,नेपाली राजनिती फाटमा विभिन्न नाटक मन्चन गरेको देखिएको छ।
खासगरी प्रथम सम्विधान सभामा, राज्यपूनर्सम्रचना एवं राज्यशक्तिको बाड्फाड समिति एवं दलहरुको सहमतिमा अन्तरिम सम्विधानको धारा १३८ अनुरुप निर्माण भएको राज्य पूनर्सम्रचना उच्चस्तरीय सुझाव आयोगले, पहिचानलाई प्रधान र सामर्थ्यलाई सहायक मानेर राज्यको पूनर्सम्रचना गर्न जब सुझाव दियो, तत्पश्चात नश्लिल राज्यसत्ताका नायकहरुमा आफ्नो स्वार्गिय आनन्द, लुटको सन्सार समाप्त हुने भएकोले निदहराम शुरु भयो। जनताको पहिचान र अधिकार सुनिश्चितताको बिहानी हुनै लाग्दा, यसलाई भाड्भैलो मच्चाएर नश्लिल शासकहरुको मिलोमतोमा नै,अखण्ड सुदुरपश्चिम,ब्रमाण समाज एवं क्षत्री समाजको नौटन्कीको कोलाहल नेपाली राजनितीको सतहमा देखाइएको थियो।
अहिले आदिवासी जनजाति र मधेसीहरुको पहिचान र अधिकार सम्विधान संसोधन मार्फत सुनिस्चित गर्छु भनी, सङ्घिय गठवन्धन सङ्ग सहमती गरेर,प्रचण्ड सत्ताको घोडा चडेको, आज तीन महिना पुगिसक्दा समेत विभिन्न किसिमको आलटाल एवं बरबहाना गरेको देख्निन्छ भने सम्विधानमा भएका विभेदकारी प्रावधान हटाउनेगरी संविधान सम्सोधन प्रस्ताव ल्याउनको साटो, प्रचण्ड सरकारबाट, मात्र रस्सो दिर्घ सच्चाएर पुनः नेपाली जनतालाई बेवकूप बनाउन खोजिदै छ । कहिले केपीले मानेन, कहिले माधब नेपालले हामिलाई नयाँ सम्विधान त चाहिएकै थिएन र झलनाथ खलानले सम्विधान सम्सोधन गर्ने कुनै औचित्य देखिदैन भन्नू खासमा यी नश्लिल शासकहरुको नौटन्की मात्रै हो।
यहाँ सतहमा जे जे देखिएको छ, यो सवै बाहुनवादी दलहरुको आपसी सहमतिमा पिटेजस्तो र रोए जस्तो मात्रै गरेका हुन्। खासमा यी नश्लिल शासकहरु देशको शान्ति र समृद्धि नै चाहदैनन्।
बुझ्न पर्ने कुरा केहो भने देशमा शान्ती नभै समृद्धि सम्भव हुँदैन। बर्षौदेखि उत्पीडित जाती समुदायलाई पहिचान र अधिकार नदिइ कसैले यो अहिलेको बाहुनवादी सम्विधानलागू गर्छु र देशलाई समृद्धि गर्छु भन्छ भने त्यो मूर्ख हो।
यदी यी नश्लिलदलहरुले जनतासङ्ग बैमानी नगरी, पहिलो सम्विधानवाटै पहिचान र अधिकार सुनिस्चित सम्विधान दिएकोभए आज मूलुकले १० वर्षको एउटा चरणपार गरिसक्थ्यो। देशमा सामाजिक,राजनैतिक र आर्थिक विकासले एउटा युगपार गरिसकेको हुन्थ्यो। आज नश्लिल शासकहरुले देशको १० वर्ष व्यार्थ नोक्सान गरेका छन्। देशमा शान्ति र समृद्धि उत्पीडित जाती समुदायलाई मात्रै चाहिएको होइन,सम्पूर्ण देशवासीलाई चाहिएको छ, नश्लिल शासकहरुले देशमा गृहयुद्ध गराएर शासक बनिरहेर मोजमस्ती गरिरहने दू:शाहस गर्न खोजेको देखिन्छ।
अत:नश्लिलहरुको यो लुकामारीको नाटक तुरुन्तै बन्दगराउन, सवै जनता सचेत भै, सवै उत्पीडित जाती,समुदाय र क्षेत्रलाई पहिचान र अधिकार सुनिस्चित हुनेगरी,आन्दोलन पक्षसङ्ग सहमतिगरी, सम्विधान संसोधन गराउन चौतर्फी दवाव दिनुपर्ने आवव्यक देखिन्छ।
