गोविन्द घर्ती
रुपन्देही, मंसीर ३ – उत्पादन बृद्धि गर्न कृषि सहकारीहरु लाग्नु पर्ने जिल्ला सहकारी रुपन्देहीका सदस्य प्रकाश अर्यालले बताउनु भएको छ ।

उहाले परनिर्भरताको अन्त्यतका लागि कृषिलाई व्यवसायीकरण गर्न गर्नुमा जोड दिनु भयो । कोलुवा कृषि सहकारी देवदहको दोश्रो साधारणमा बोल्दै अर्यालले सामुहिक कृषि खेतीले मात्र उत्पादनमा बृद्धि गर्न सकिनेमा जोड दिनु भयो । उहाले व्यवसायीक कृषि उत्पानले मात्र आम नागरिकको जीवन स्तर परिवर्तन गर्न सक्ने भन्दै परम्परागत कृषि नभई आधुनिकरण कृषि पेशालाई अगाल्नु पर्ने बताउनु भयो ।
सोही अवसरमा बोल्दै कोलिस बचत तथा ऋण सहकारी संस्था देवदहका अध्यक्ष सुवकान्त न्यौपानेले कृषकहरु व्यवसायीक बन्न नसक्दा राज्यले प्रदान गर्ने सुविधाबाट बन्चित हुनु परेको बताउनु भयो । उहाले कृषिलाई आधुनिकरण र व्यवसायीक बनाउन कृषकहरु लाग्नु पर्नेमा जोड दिनु भयो ।
सहकारी संस्थाका अध्यक्ष चक्रपाणी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गिरप्रसाद पाण्डे, प्रगति प्राथमिक विद्यालयका प्रअ भिमदेव ढकाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । साधारणसभाले शेयर सदस्य बृद्धि गर्ने, व्यवसायीक बनाउन विभिन्न तालिमहरु आयोजना गर्ने लगायतका ५ बुदे प्रस्तावहरु परित गरेको संस्थाले जनाएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष भिमबहादुर गाहाले करिव ३ लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष हरिकला जैसीको स्वागत र सचिव नविन न्यौपानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
