वैचारिक युद्धको भिषण तयारी गर्दै मंगोल नेशनल अर्गनाइजेशन !

Read Time:3 Minute, 28 Second

मंगोल भिजन

धरान, मङ्सिर १ – सुनसरीको धरानमा मङ्सिर ११ गते मंगोल नेशनल अर्गनाइजेशनले गर्न लागेको पूर्वाञ्चल बृहत मंगोल सभाको तयारी तिब्र बनाएको छ ।


 निर्णायक बैचारिक युद्धको उदघोष गर्दै पुर्वको १६ जिल्लाको संयुक्त आयोजना र सुनसरीको मूल–आयोजनामा हुन गइरहेको कार्यक्रमबाट मंगोल नेताहरुले कडा र सत्यताको पोल खोल्ने भयले बिदेशी बाहुन क्षेत्रीले सुरक्षाको कडा व्यवस्था गर्न पनि माग गरिरहेका छन् ।

मंगोल नेशनल अर्गनाइजेशनले मात्र यो देशको मूलबासीहरुको मुक्ति, देशको समृद्धि गर्न सक्ने भन्दै कडा रुपमा प्रस्तुत हुँदै आइरहेको छ ! धरानमा हजारौ मूलबासी मंगोल शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको आयोजक सभाले जानकारी गराउनु भएको छ । झन्डै ६५ जिल्लाका प्रतिनिधिलाई आमान्तरण गर्ने तयारी भइ रहेको प्रचार सचिव अडिल खम्बुले बताए ।

कार्यक्रमलाई संगठनका रास्ट्रिय सभाका कार्यबाहक प्रेसिडेन्ट बुद्धालाल मेचेले सम्बोधन गर्ने निधो भएको छ । बृहत मंगोल सभामा मंगोलहरुको बृहत उपस्थिति रहने अनुमान पनि भइ रहेको बताइन्छ । देशैभरिबाट मंगोलहरु उक्त सभामा सहभागी हुन उत्सुत रहेको जानकारी प्राप्त भइ रहेकोले कार्यक्रम भब्य हुने आयोजकको दाबि छ । 

डिसेम्बर, ३०, ३१ २०१४ र जनवरी १, २०१५ मा चौथो रास्ट्रिय महाधिबेशन समेत सुनसरीको धरानमा नै सम्पन्न गरिसके छ । महाधिबेशनमा स्वर्गीय डा. गोपाल गुरुङले निकै मार्मिक सम्बोधन गर्नु भएको थियो । डा. गुरुङले बाहुन क्षेत्रीलाई बिस्तारै खेद्नु पर्ने अभिव्यक्ति दिनु भएको थियो ।

डा. गोपाल गुरुङको सम्बोधनलाई धरै मंगोलहरुले मन पराएका थिए तर बाहुन क्षेत्रीभने निके चिढिएका छन् । डा. गोपाल गुरुंङले त्यसपछिको दिनमा मार्च १२, २०१६ रुपन्देही जिल्लाको प्रथम जिल्ला अधिबेशन साथै पश्चिम स्तरीय मंगोल सभामा अन्तिम सम्बोधन गरे संगै क्यान्सरले थलिनु परे पछि उपचारको क्रममा जुन १०, २०१६ मा ललितपुर स्थित अल्का हस्पिटलमा उपचारको क्रममा उहाँको निधन भएको थियो ।

डा. गोपाल गुरुङको निधन पश्चात बुटवलमा सम्पन्न बिशेष महाधिवेशनले बुद्धलाल मेचेलाई मंगोल नेशनल अर्गनाइजेशनको रास्ट्रिय सभाको कार्यबाहक प्रेसिडेन्टको पदमा चुनिनु भएको हो । प्रेसिडेण्ट मेचे निर्वाचित भए पछिको यो बिशेष सम्बोधन पनि रहने बताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %