नेपाल खामे पुनमगर समाज तराई समितिको बार्षिक साधारणसभा सम्पन्न !

Read Time:2 Minute, 23 Second

 

गोविन्द घर्ती

देवदह, मंसीर १ – अधिकारको लागि एक जुट हुनुको कुनै विकल्प नभएको रुपन्देहीको देवदह, भलुहीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले राज्यले सम्पूर्ण नेपालीहरुलाई सम्मान अधिकार दिनु पर्नेमा जोड दिएका थिए । नेपाल खामे पुनमगर समाज तराई समितिको बार्षिक साधारणसभाको अवसरमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै समाजका केन्द्रिय अध्यक्ष मिनबहादुर पुनले राज्यले मगरहरुलाई अधिकारबाट बन्चित गरेको बताउनु भयो ।

नेपालको अन्तरिम संधानमा उल्लेख गरेका अधिकार समेत जारी संविधानमा मगरहरुको अधिकार कटौती गरेको आरोप लगाउनु भयो । समितिका रुपन्देही अध्यक्ष हितमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सिताराम पुन, केन्द्रिय कोषाध्यक्ष वलवीर पुन, प्रमुख सल्लाहकार खेमराज पुन लगायतले बोल्दै अधिकार प्राप्तीको लागि सम्पूर्ण मगहरु एकजुट हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा उत्कृष्ट विदार्थी, जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । साधारणसभाले हितमान पुनको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा मिना पुन, सचिवमा ऋखिराम पुन, कोषाध्यक्षमा दिलबहादुर पुन रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा मनिराम पुन, विसन पुन, जमुना पुन, नेत्रबहादुर पुन, दुर्गाबहादुर पुन, नरबहादुर पुन रहनु भएको छ । साधारणसभाले खेमराज पुन, यमबहादुर पुन, खडकबहादु पुनलाई सल्लाहकारमा चयन गरेको छ ।

खर्कबहादुर पुनको स्वागत र ऋखिराम पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %