वि. नि र आर. पि. का लागी तालिम संचालन !

Read Time:2 Minute, 6 Second

देव पचभैया

पाल्पा, कार्तिक ३० – विद्यालय निरीक्षक तथा स्रोत ब्यक्तिहरूका लागि कार्यक्रम कार्यान्वययन तथा सहजीकरण एवम् ब्यवस्थापकीय सुधार सम्बन्धी पाँच दिने तालिम सोमबार देखि शैक्षिक तालिम केन्द्र, पाल्पामा शुरू भएको छ ।

गुल्मी र पाल्पाका गरी ३० जना विद्यालय निरीक्षक र स्रोत ब्यक्तिहरू सहभागी यस कार्यक्रममा तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक यमबहादुर के.सी., प्रशिक्षकहरू नारायण प्रसाद पोखरेल र गोपाल प्रसाद वश्यालले शिक्षाका नीतिगत ब्यवस्था, विद्यालय क्षेत्र विकास कार्यक्रम, शिक्षक तथा प्रधानाध्यापकका क्षमता विकास कार्यक्रम, प्रभावकारी सुपरिवेक्षण, पाठ्यक्रम तथा विद्यार्थी मूल्यांकन र शिक्षा विभाग तथा शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यक्रम सञ्चालन कार्यविधिका बारेमा छलफल विषयवस्तु रहेका छन् ।

तालिम उद्घाटन सत्रमा बोल्दै पाल्पाका जिल्ला शिक्षा अधिकारी संगिता रेग्मीले विभिन्न सूचकांकले शिक्षा सेवा प्रभावकारी भएको नदेखाएकाले सुपरिवेक्षण तथा अन्य सेवा प्रभावकारी बनाउन दुई जिल्लाका असल अभ्यासहरूको आदानप्रदानबाट मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

केन्द्रका वरिष्ठ प्रशिक्षक यमबहादुर के.सी. को अध्यक्षतामा चलेको उद्घाटन कार्यक्रमको सञ्चालन प्रशिक्षक गोपाल प्रसाद वश्यालले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %