देव पचभैया
पाल्पा, कार्तिक ३० – आगामी ३ बर्से कार्ययोजनामा जुटेको पाल्पा उधोग बाणिज्य संघले पाल्पाली पत्रकारहरु संग छलफल एबं अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार संघको सभाहलमा भएको कार्यक्रममा
जिल्लाका पत्रकारहरुले जिल्ला बिकास समिति, नगरपालीका र गैरसरकारी सस्थाहरु संग समन्वय गरेर अघि बढ्न संघलाई सुझाब दिएका छन् । पाल्पा उधोग बाणिज्य संघका बिगतका कार्यहरु तानसेन र समग्र जिल्लाको बिकासमा उदाहरणीय भएकाले बर्तमान समिति पनि सबैलाई समेटेर अघि बढ्नुपर्नेमा बक्ताहरुले जोड दिएका छन् । जिल्लाका सबै ब्यापारी ब्यवशायीलाई समेट्दै सबैको साझा सस्थाको रुपमा संघलाई अघि बढाउन बर्तमान नया समितिलाई उनीहरुले आग्रह गरेका हुन् ।
कार्यक्रममा संघका पुर्ब अध्यक्ष राजुमर्हजनले सरकारले ब्यवशायी संग कर मात्रै उठाएको तर उनीहरुको हितका लागी कुनै काम नगरेको गुनासो गर्नुभयो । स्थानिय नगरपालीका र जिविसले पनि ब्यवशायीहरु संग सहकार्य गरेर अघि बढ्न नचाहेको भन्दै पाल्पा बाट धेरै ब्यापारीहरु पलाएन हुनुपर्ने अवस्था आएको बताउनुभयो । छलफल एबं सुझाब कार्यक्रमको बारेमा प्रकाश पार्दे पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले रणनैतिक कार्ययोजना बनाएर संघलाई अघि लैजाने जानकारी दिनुभयो ।
संघका बिगतका कार्यहरुमाथि समिक्षा गर्दे सबै ब्यापारीहरु संग छलफल गरेर अघि बढेको बताउदै अध्यक्ष श्रेष्ठले सबैको सुझाब अनुसार संघलाई अघि बढाउने बताउनुभयो । कार्यक्रम संघका महासचिब यादब सिंग कार्कीको संचालनमा सम्पन्न भएको थियो ।
