धरानमा मगर भूपू सैनिक तथा प्रहरीको अन्तरक्रिया सम्पन्न !

Read Time:2 Minute, 59 Second

सञ्जय सिंजाली मगर

धरान, कार्तीक २८ नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघले धरान १६ स्थित नेपाल मगर संघको कायालयमा २०७३ कार्तीक २४ गतेका दिन एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोछ । नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुमबहादुर पचभैया थापा मगरको उपस्थितिमा उक्त कार्यक्रम भएको हो

  नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ नेपाल मगर संघको भातृ सस्थाको रुपमा र यो संघमा अवकास  प्राप्त नेपाली सैनिक, नेपाल प्रहरी, भारतीय सैनिक,सिंगापुर पुलिस र्फोस र बेलायती सैनिकको साझा मञ्चको रुपमा स्थापित भएको र संघको उदेश्य यबारे केन्द्रिय अध्यक्षले भेलालाई जानाकारी गराएका थिए । हाल सम्म यस सस्थाले बाह् जिल्लामा संगठन बिस्तार गरेको र निकट भबिस्यमा पूर्बाञ्चलको सुनसरी लगाएतका अन्य जिल्लामा यस्ले संगठन बिस्तार गर्ने जनाईएको छ ।
 

अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले सोदेका प्रश्नको उत्तर दिदै संघले सबै प्रक्रीयाहरु पुरा गरिसकेको र निकट भबिस्यमा मगर भूपू सैनिक तथा प्रहरी संघले अवकास प्राप्त मगर जवानहरु र बहालवाला सैनिक तथा प्रहरीहरु बिच बृहत भेला गरी अन्तरक्रिया गर्ने अध्यक्षले जानाकारी दिए  ।
स्वागत तथा सम्मान

 

नेपाल मगर संघ सुनसरीको धरान नगर समितिले २०७३ कार्तिक २४ गतेका दिन स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुमबहादुर पचभैया थापा मगर र नेपाल मगर संघको ११ औ राष्ट्रीय महाधिवेशन कोसीअञ्चलबाट नवनिर्बाचित केन्द्रीय सदस्य शारदा थापा मगरलाई स्वागत तथा सम्मान गरिएको थियो । अथितिद्धय हुम थापा मगर र शारदा थापा मगरले आ–आफ्नो परिचय सहित छोटो मन्तब्य दिनुभएको थियो ।
फोटो: धरान मगर

धरान मगर 


 

कार्यक्रम नेपाल मगर संघ धरान नगर समितिका अध्यक्ष चित्रराज थापा मगरको अध्यक्षतामा संघका सचिब मुना राना मगरले सन्चालन गर्नु भएको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %