पल्लवी सहकारीको पाचौ बार्षिक साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न !

Read Time:1 Minute, 13 Second

 

गोविन्द घर्ती

रुपन्देही, कार्तिक २७ – रुपन्देहीको देवदहमा वृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पल्लवी बचत तथा ऋण सहकारी संस्थाको पाचौ बार्षिक साधारणसभाको अवसरमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटी देवदह शाखाको व्यवस्थापन, रक्तसञ्चार सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोग र यमलाल भट्टराईको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा ५० प्वाईन्ट संकलन भएको पल्लवी बबचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक केशव आर्चायले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाईटी देवदह शाखाका सभापति गोपाल ढकालले सहकारी संस्थाका अध्यक्ष खुमप्रसाद भण्डारी र देवदह–८, शितलनगर निवासी खुमादागी शाहलाई  रक्त व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %