चिप्ली गाउँको म्यूजिक भिडियो विमोचित !

Read Time:2 Minute, 9 Second

रूद्र श्रीसमगर

पोखरा, कात्तिक २७ – कास्कीको उत्तर पूर्वी सिल्दुजुरे–१, चिप्ली गाउँलाई देश विदेशमा चिनाउने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडियो विमोचन गरिएको छ ।

चिप्ली गाउँको पर्यटन प्रवद्र्धन र प्रचारप्रसार गरी निर्माण गरिएको म्यूजिक भिडियोको चिप्ली तमु समाज, पोखराका अध्यक्ष नरबहादुर गुरुङ विमोचन गर्नुभएको हो । विमोचन कार्यक्रममा म्यूजिक भिडियो निर्माण समितिका सल्लाहकार क्या. रूद्रबहादुर गुरुङ, भकारी फिल्म प्रोडक्सनका राम गुरुङ, म्यूजिक भिडियोका निर्देशक कृष्णकुमार गुरुङलगायतले बोल्नुभएको थियो ।

म्यूजिक भिडियोको छायाड्ढन प्रकाश गुरुङ र अमन गुरुङले नृत्य निर्देशन गर्नुभएको छ । चिप्ली गाउँलाई चिनाउने उद्देश्यले २५ मिनेटको वृत्तचित्र समेत निर्माण गरिएको छ । सो वृत्तचित्रमा लोपोन्मुख अवस्थामा पुग्न लागेका स्थानीय रहनसहन, संस्कृति र विकासको अवस्थालाई देखाइएको छ ।

विमोचनका अवसरमा म्यूजिक भिडियोका कलाकारहरू एवं सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई चिप्ली तमु समाजका अध्यक्ष नरबहादुर गुरुङ र ज्येष्ठ नागरिक नसिरी गुरुङले मायाको चिनोद्वारा सम्मान गर्नुभएको थियो ।

म्यूजिक भिडियो निर्माण समितिका अध्यक्ष विशाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पार्वती गुरुङले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %