अपाङ्ग समाज सेवा केन्द्रको सम्मान कार्यक्रम सम्पन्न !

Read Time:2 Minute, 15 Second

 गोबिन्द घर्ती

देवदह, कार्तिक २५ – अपाङ्ग समाज सेवा केन्द्र देवदहले सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रको भवन निर्माणमा सहयोग गरे वापत ईजरायल सेवा समाजका कोषाध्यक्ष उषा सुवेदीलाई एक कार्यक्रमका वीच सम्मान गरेको हो । अपाङ्ग समाज सेवा केन्द्रको भवन निर्माण गर्न उषा सुवेदीको पहलमा एक लाख एघार हजार एघार रुपैया सहयोग प्रदान गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै सम्मानित सुवेदीले सेवा नै ठूलो धर्म भएकोले आफुहरुले अपाङ्ग समाज केन्द्र देवदहलाई सहयोग गरेको र आगामी दिनमा सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले अपाङ्गहरुलाई निरुसाहित भन्दा पनि हौसला प्रदान गर्नुपर्नेमा जोड दिनु भयो ।

त्यसैगरी सोही कार्यक्रम अपाङ्ग समाज सेवा केन्द्रका सल्लाहकार वालकुमार श्रेष्ठले सवैको सहयोगले मात्र अपाङ्ग भवन निर्माण गर्न सफल भएकोले आगामी दिनमा समेत सहयोग गर्न आग्रह गर्नु भयो ।

उहाले सवैले आ–आफनो ठाउबाट सहयोग गरे मात्र अपाङ्गहरुको उद्दार गर्न सकिनेमा जोड दिनु भयो । केन्द्रका उपाध्यक्ष खैसरी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगर विकास समितिका अध्यक्ष दिल्लीराज मरासिनी, शान्ति समिति रुपन्देहीका सदस्य यम राना, स्थानीय शान्ति समिति देवदहका संयोजक कृष्ण ढकाल, रेडियो देवदहका स्टेशन म्यानेजर रमेशकुमार पोखरेल लगायतको सहभागिता रहेको थियो ।

समाजसेवी विद्यालक्ष्मी गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %