अपराधिक कृयाकलाप न्यूनिकरणगर्न राज्यलाई दवाव !

Read Time:3 Minute, 45 Second

 

गोविन्द घर्ती

कार्तिक २२ – रुपन्देहीको देवदहको सुरक्षा व्यवस्थामा सवैले ध्यान दिनु पर्ने देवदह–२, ढेकावरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

केही दिन देखि बढेको चोरी, लुटपात तथा हत्या जस्ता अपराधिक कृयाकलाप बढेपछि न्यूनिकरणगर्न राज्यलाई दवाव दिने उद्देश्यका साथ भएको कार्यक्रममा बोल्दै सांसद अव्दुल रज्जाकले नागरिकहरुको एक आपसमा समन्वय गरेर सुरक्षालाई मजवुत पार्नुपर्ने बताउनु भयो । अपराधीकरण बढ्नुमा सुरक्षा निकायको मात्र दोष नभएर समुदायको पनि कमजोरी रहेको भन्दै सांसद रज्जाकले सवैको सहभागिताबाट समाजमा शान्ति सुरक्षा कायम गर्न सकिनेमा जोड दिनु भयो ।

स्थानीय समाजसेवी प्रजापति सापकोटाको अध्यक्षता र वोधराज गौडेलको संचालनमा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्र जिल्ला सदस्य मोतीलाल ढकाल, नेपाली काग्रेस महासमिती सदस्य जिबलाल पराजुली, मणि प्रसाद शर्मा,  नेपाली काग्रेस जिल्ला सदस्य वासुदेब रिमाल नेकपा एमाले जिल्ला कमिटी सदस्य ऋषिराम सापकोटा, सिद्दिचरण भट्टराई, प्रकाश अर्याल, यम राना, नेपाली काग्रेस नगर सभापति गुणखर भुर्तेल, राष्ट्रिय जनमुक्ति पार्टीका डम्बरबहादुर थापा, रेडियो देबदहका स्टेसन म्यानेजर रमेश पोख्रेल, देबदह प्रहरी चौकीका प्रहरी नायब निरिक्षक तुलबहादुर अधिकारी, समाजसेबी दिपक लम्साल, गणेश खाती, टेकबहादुर दर्लामी, बाबुराम पंगेनी, बिष्णुप्रसाद पाण्डे, हुमबहादुर डिसुवा, खेमराज वस्याल, बमबहादुर गुरु¨ लगाएतले आ–आफना भनाई राख्नु भएको थियो ।

यसैवीच देवदहको दक्षिणी भेकलाई सुरक्षाको प्रत्याभुति हुनेगरी देवदह–२, ढेकावरमा प्रहरी चौकी स्थापना गर्ने माग गर्दै एक प्रतिनिधि मण्डल जिल्ला प्रशाासन कार्यालय रुपन्देहीमा डेलिगेसन गएको छ । सांसद अव्दुल रज्जाकको नेतृत्वमा गएको डेलिगेसन समुहमा नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य यम राना, नेपाली काग्रेसका मणिप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका प्रजापति सापकोटा, नेकपा एमालेका बोधराज गौडेल, रामबहादुर पराजुली, राष्ट्रिय जनमुक्ति पार्टीका डम्वरबहादुर थापा, समाजसेवी बमबहादुर गुरुङ्ग, जागेश्वर पंगेनी लगायत रहेका छन् ।

जनपथ प्रहरी, शसस्त्र प्रहरी तथा अनुसन्धान विभागका जिल्ला प्रमुखहरुको उपस्थितीमा भएको डेलिगेसन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले देवदह क्षेत्रको सुरक्षाका लागि आफुले अविलम्व प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %