गोविन्द घर्ती
देवदह, कार्तिक २१ – बैदेशिक रोजगारीको शिलसिलामा दुवईमा मृत्यु भएका हिमाल बोहोराका परिवारलाई एक कार्यक्रमका वीच राहत प्रदान गरिएको छ ।
देवदह–९, विशालनगर निवासी बाहोराको बैदेशिक रोजगारको शिलसिलामा गत जेठमा मृत्यु भएको हो । रोजगारको शिलसिलामा दुवई गएका नेपालीहरुले जम्मा गरेको रकम एक कार्यक्रमका वीच बोहोराका श्रीमति लक्ष्मी बोहोरालाई हस्तान्तरण गरिएको हो ।
देवदह–८, जागृति नगर निवासी धुव्र क्षेत्री, नवलपरासी निवासी शेर सुनार र अर्घाखाची निवासी विरेन्द्र खड्काको विशेष पहलमा संकलन भएको ५० हजार रुपैया बोहोराको आफनै घरमा पुगी बोहोरालाई धुव्र क्षेत्रीले हस्तान्तरण गर्नु भएको हो ।
बोहोरा विगत केहि बर्ष देखि दुवईमा कार्यरत रहेको अवस्थामा मृत्यु भएको थियो । बोहोराको श्रीमति र २ छोराहरु रहेका छन् । क्षेत्री, सुनार र खड्काले दुवईमा रहेका नेपालीहरुबाट बोहोराको बच्चाहरुको पढाईमा टेवा पु¥याउने उद्देश्यले रकम संकलन गरी हस्तान्तरण गरिएको क्षेत्रीले जानकारी दिनु भयो ।
