जनमुक्ति मञ्च मलेसीयाको अध्यक्षमा पदम राना मगर !

Read Time:2 Minute, 21 Second

राम अस्लामी

क्वालालम्पुर- मलेसिया, नोभेम्बर ६- राष्ट्रिय जनमुक्ति पार्टीको प्रबास समिती क्वालालम्पुर- मलेसियामा भएको दोष्रो अधिवेसनले अध्यक्षमा पदम राना मगरलार्इ चयन गरेको छ ।  
 
प्रबासमा हाम्रो चाहना, पुर्ण संघियता र जातिय एबं क्षेत्रीय समानुपातिक प्रतिनिधित्व प्रतिको प्रतिबद्धता ! भ्रस्टाचार मुक्त मार्तुभुमी निर्माण गर्न जनमुक्ती संग आबद्दता !! भन्ने मुल नाराका साथ रास्ट्रीय जनमुक्ति पार्टी बिदेश शाखा मलेसियाले दोश्रो अधिबेशन सम्पन्न गरेको हो ।

साथै सदियौँ देखिको जातिय , क्षेत्रिय र लैङ्गिक बिभेद , दमन, शोषण र उत्पीडन जस्ता बिभेदहरु साथै भ्रष्टाचारलाई अन्त्य गरी सामाजिक न्यायसहितको समतामूलक नेपाल निर्माणका लागि यस समितीले पार्टीलाई एउटा मेरुडण्डको रुपमा सहयोग गर्ने छ । 
  मोहन रानाको संयोजकत्वमा बनेको समितिले पदम रानालार्इ अध्यक्षमा निर्बाचित गर्दै  १५ सदस्यीयको समिति चयन भएको राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रिय समितीका उपाध्यक्ष तथा प्रबास बिभाग प्रमुख कमला थापाले राज्यसत्तालार्इ जानकारी गराउनु भयो ।

मञ्चको बरिस्ठ उपाध्यक्षमा चक्र तामाङ ,उपाध्यक्षमा डि बी लाफा मगर , महासचिबमा गणेश बिरकट्टा मगर , कोषाध्यक्षमा बिना थापा मगर , सचिबमा सागर राना मगर,प्रचार बिभाग प्रमुखमा रुपेन आले र महिला प्रमुखमा रेष्मी राना मगर र निर्बाचित हुनुभएको छ ।

अन्य सदस्यहरुमा अमृत बि क, सन्त थापा, पुर्ण बहादुर खवास, पबित्रा थापा, धन बहादुर चौधरी रहेका छन ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %