गोविन्द घर्ती
रुपन्देही, कार्तिक २० – रुपन्देहीको देवदहमा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
पल्लवी बचत तथा ऋण सहकारी संस्था देवदहले आफनो स्थापना दिवसको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो । संस्थाका अध्यक्ष खुमप्रसाद भण्डारीको भण्डारीको अध्यक्षता र जिल्ला शिक्षा कार्यालय रुपन्देहीका विद्यालय निरिक्षक हरिलाल अर्यालको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै विद्यालय निरिक्षक अर्यालले पल्लवी साकोसले सामाजिक क्रियाकलाप अन्र्तगत अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेकोमा सह्राना गर्नु भएको थियो ।
उहाले समाजमा क्रियाशिल विभिन्न सामाजिक संघसंस्थाले गरेको हरेक क्रियाकलापले विद्यार्थीहरुमा रहेको अन्तर निहित प्रतिभावहरु प्रस्फुटन हुनेमा विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य प्रकाश अर्याल, संस्थाका कोषाध्यक्ष गोविन्द तिवारी, शिक्षक नमकान्त पाण्डे, विद्यार्थी समिर गैरे लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
प्रतियागितामा देवदह क्षेत्रका १४ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा सरस्वती बोडिङ्ग स्कुल देवदह–८, प्रथम, सगरमाथा आवासीय मावि देवदह–८, द्धितिय र देवदह मावि शितलनगर तृतिय भएको आयोजकले जनाएको छ ।
संस्थाका शिक्षा उपसमितिका संयोजक भिमप्रसाद न्यौपानेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । उमाकान्त अधिकारी र नामदेव अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
