कृष्ण सारू मगर
बहराईन, नोभेम्बर ३ – नेपाल आदिवासीजनजाती महासंघ बहराईनले यही ४ नोभेम्बर तारिक सुक्रबारका दिन बहराईनको राजधानी मानमा स्थित अवाल होटलको सभा हलमा प्रथम अधिवेशनको गर्ने संघका सुचना तथा संचार प्रमुख अमर जंग गुरूङले राज्यसत्ता डटकमलाई जानकारी दिएको छ ।
बहराईनमा स्थापित विभिन्न संघ, संस्था संगठन संग समाजिक कार्यमा समन्वय सहकार्य एकतामा हातेमालो गर्दै नेपाली आदिबासी जनजातिहरूको संस्कार, संस्कृति जगेर्नाका लागि कटिबद्ध भै अस्तित्व न्याय, हक, अधिकार, पहिचान लगाएतका मुद्दाको आत्मासाथ गरि बहराईनमा स्थापित विभिन्न जातिय संस्थाहरु मगर संघ, तमु समाज, किराँत याक्थुङ चुम्लुङ, तामाङ् सेवा समाज र किराँत राई यायोक्खा सहित महासंघमा ५ विशुद्ध जातिय संस्था आवद्ध रहेका छन ।
उक्त प्रथम महादिवेशनलाई भब्य र सभ्यताका साथ सफल बनाउन बहराईनमा स्थापित विभिन्न संघ सस्था संगठनमा आवद्ध, समाजसेवी, विशिष्ट ब्याक्तित्व तथा विभिन्न पेशा-ब्याबसायी, तथा स्थानिय पत्रकार एवंम आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा महासंघ आयोजक सचिवालयले प्रथम महादिवेशनको शोभा बढाई दिनुहुन सबै पक्षमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ ।
महासंघमा आवद्ध विभिन्न पाँचै जातिय संस्थाको मातहतमा रहेको कला तथा साँस्कृतिक विभागले आ-आफ्नै मौलिक जातीय पहिचान झल्किने साँस्कृतिक झाँकी सहित स्थानिय कलाकारको बेजोडको प्रस्तुतिले भरपुर मनोरञ्जन गराउने राज्यसत्ता डटकमका संवाददाता कृष्ण सारू मगरलाई उदृद्ध गर्दै जानकारी दिएको छ ।