सभामुखले दिए मगरहरुलाई शुभकामना (भिडियो सहित)

Read Time:2 Minute, 27 Second

सञ्जय सिंजाली मगर

काठमाण्डौ, कार्तीक १६ – नेपाल मगर संघले कार्तीक १२ गतेका दिन ललितपुर मगर समाज सेवा केन्द्रको भवनमा यस पटकको शुभदिपावली तथा देउसी फाईलो कार्यक्रम अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकोछ ।

{youtube}https://youtu.be/wiG5Os-d-aQ{/youtube}

कार्यक्रममा प्रमुख अतिथि सभामुख ओनसरी घर्ती मगरले देश बिदेशमा रहेका सम्पूर्ण मगर तथा गैर मगरहरुलाई  सुख समृद्धीको कामना गर्दै दिपावलीको शुभकामना दिनु भएको थियो । शुभकामना दिेने अन्य ब्याक्तित्वहरुमा क्या.यमबहादुर बुढाथोकी मगर,ले.मानबहादुर बुडा मगर र मेन्द्र थापा मगर हुनुहुन्थ्यो।{youtube}https://youtu.be/MZSwNvR0GcE{/youtube}

नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबिन रोका मगरको अध्यक्षतामा संघका भाषीक उपाध्यक्ष दलबहादुर बिरकटा मगरको स्वागत मन्तब्य रहेको थियो भने केन्द्रीय कोषाध्यक्ष कमला थापा मगरले अतिथि पाहुनाहरुलाई ब्याज बितरर्ण र संघका सचिब रेनुका काउचा मगरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
{youtube}https://youtu.be/vqETgZ41wdc{/youtube}

संघका पूब अध्यक्षद्धय यमबहादुर बुढाथोकी मगर , महेन्द थापा मगर , ललितपुर मगर समाज सेवा केन्द्रका अध्यक्ष लेफ्टिनेन्ट मानबहादुर बुडा मगर, पूर्ब सांसदहरु, मगर संघ आबद्ध बिभिन्न संघ सस्थाका अभियान्ता तथा मगर प्रबुद्धो ब्याक्तिहरुको समेत उपस्थित रहेको थियो ।
{youtube}https://youtu.be/04faHc2HmIs{/youtube}

कार्यक्रमको बिच बिचमा मगर कलाकारहरुले मगरहरुमा आधारीत सांस्कृतिक कार्यक्रमगरी रमाईलो गर्दै उक्त  दिन देउसी फाईलो समेत खेलिएको थियो ।

{youtube}https://youtu.be/GeNRLxCui8c{/youtube}

फोटो: हुबिमगर

लिङ्क थिच्नुहोस, पुरा तस्बिर हेर्नुहोस

मगरहरूलार्इ सभामुख अोनसरी घर्ती बाट शुभकामना !

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %