सांगीतिक कलाकार संघ नेपालको रमाइलो देउसी भैलो कार्यक्रम सुरु !

Read Time:1 Minute, 51 Second

रूद्र श्रीसमगर

पोखरा, कात्तिक १२ – सांगीतिक कलाकार संघ नेपालले नेपालीहरूको दोस्रो महान् चाड तिहारका उपलक्ष्यमा रमाइलो देउसी भैलो कार्यक्रम सुरु गरेको छ ।

शुक्रबारदेखि यमपञ्चक अर्थात् काग तिहार सुरु भएसँगै पोखराको मानवअधिकारचोकबाट संघले देउसी भैलो कार्यक्रम सुरु गरेको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संरक्षक एवं लोक तथा दोहोरी गायक प्रजापति पराजुलीले देउसी भट्याएर कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रमको सुरुवात गर्दै पराजुलीले संघलाई पाँच हजार नगद दान समेत गरे ।

सो अवसरमा बोल्दै पराजुलीले संघले कलाकारहरूको हितका लागि देउसी भैलो खेल्न सुरु गर्नु प्रशंसनीय रहेको उल्लेख गरे । गुरुकूल संगीतालयका प्रबन्ध निर्देशक तीर्थराज पोखरेलले संघले देउसी भैलो कार्यक्रम सुरु गरेकोमा शुभकामना व्यक्त गर्दै आफूले पनि सक्दो सहयोग गर्ने वचन दिए ।

देउसी भैलोबाट उठेको रकम कलाकारहरूको कल्याणका लागि खर्च गरिने संघका अध्यक्ष एवं कार्यक्रम संयोजक ओम गुरुङले जानकारी दिए । संघका सचिव एवं सञ्चारकर्मी सन्तोष बस्यालले कला, संस्कृतिको जगेर्ना गर्दै कलाकार जन्माउने अभियानमा कार्यक्रमले सहयोग पु¥याउने बताए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %