लुटेरा समुहले २३ बर्षिय सुत्केरीको हत्या !

Read Time:1 Minute, 27 Second

 

गोविन्द घर्ती

देवदह, कार्तिक १२ । रुपन्देहीको देवदह–२, ढेकावरमा अज्ञात लुटेरा समुहले एक जनाको हत्या गरेको छ ।

देवदह–२, ढेकावर निवासी वर्ष २३ को निमकला पाण्डेको हत्या गरेको हो । लुटेरा समुहले घरको ढोका फोरी पाण्डेको हत्या गरेको देवदह प्रहरी चौकीले जनाएको छ । पाण्डेको उपचारको क्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक पाण्डेको एक छोरा, एक छोरी रहेको छ । मृतक पाण्डे केही दिन पहिला माईत सुत्केरी वस्न गई ६ दिन अघिमात्र घर आएको स्थानीयवासीहरुको भनाई रहेको छ ।

लुटेरा समुहले २ वटा सिक्रि, ३ वटा औठी, २ जोर कानमा लगाउने टप, मगलसुत्र सहित गरी करिव साढे ४ तोला सुन लगेको परिवारले जनाएको छ ।

लुटेरा समुहको खोजी कार्य भईरहेको देवदह प्रहरी चौकीका प्रमुख तुलबहादुर अधिकारीले बताउनु भयो ।  चाडपर्व नजिकै गर्दा यस्ता लुटेरा समुहले लुट्न सक्ने हुदा सचेत र सजग रहन प्रहरीले आग्रह गरेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %