गोविन्द घर्ती
देवदह, कार्तिक १२ – कोलिय सामुदायिक विकास केन्द्र देवदह रुपन्देहीको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
समाज रुपान्तरण गर्ने उद्देश्यका साथ स्थापना भएको विकास केन्द्रको पर्यटकीय क्षेत्र केउलीमा प्रथम साधारणसभा सम्पन्न भएको हो । विकास केन्द्रका अध्यक्ष प्रकाश अर्यालको अध्यक्षता र देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत घिमिरेले जग्गा कारोवार र वैदेशिक रोजगारका कारण उत्पादन क्षेत्रमा कमी आएको बताउनु भयो । उहाले युवाहरुलाई उत्पादमुखी उद्यमी बनाउन देवदह क्षेत्रमा रहेका विभिन्न संघसंस्थाहरु लाग्नु पर्नेमा जोड दिनु भयो ।
अघिकृत घिमिरेले पर्यटकीय हिसावले देवदह क्षेत्र महत्वपूर्ण रहेपनि पहिचान दिने खालको उत्पादन गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले पर्यटन जन्य उद्यमशिल संचालन गर्नुपर्नेमा जोड दिदै केन्द्रले संचालन गरेका हरेक क्रियाकलापलाई नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा केन्द्रका सल्लाहकारद्धय जयकिशन अधिकारी, ईश्वरी ढुंगाना, जीवलाल पराजुली लगायतले आ–आफना भनाई राख्नु भएको थियो । संस्थाका अध्यक्ष प्रकाश अर्यालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुवकान्त न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रथम साधारण सभाले पुनः प्रकाश अर्यालको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा कृष्णराज पौडेल, सचिवमा विनोद पराजुली, कोषाध्यक्षमा सुवकान्त न्यौपाने, सहसचिवमा गीता रुचाल रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा भिमप्रसाद गुरुङ्ग, सरस्वती पोखरेल, रमेशचन्द्र रेग्मी, खेमानन्द ज्ञवाली, कुलप्रसाद पौडेल, राजकुमार श्रेष्ठ, पदम थापा, चक्रपाणी तिवारी, मेघनाथ पौडेल, विष्णु पाण्डे रहनु भएको छ ।
केन्द्रका उपाध्यक्ष कृष्णराज पौडेलको स्वागत र सचिव विनोद पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
