राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रिय विस्तारित भेला हेटौडामा सम्पन्न !

Read Time:3 Minute, 11 Second

 

गोविन्द घर्ती

हेटौडा, कार्तिक ११ – राष्ट्रिय जनमुक्ति पार्टीले मुलुकको राजनैतिक निकासको लागि संविधानको पुर्न लेखन नै सवैभन्दा उत्तम विकल्प भएको निष्कार्तिर्ष निकालेको छ ।

पार्टीको कार्तिक ९–१० मा हेटौडामा सम्पन्न केन्द्रिय विस्तारित भेलाले उक्त निष्कर्ष निकालेको हो । भेलाले शासकीय स्वरुपमा आदिवासी-जनजाति, खस आर्य, मधेशी, दलित र महिलाको प्रतिनिधित्व हुने गरी ५ सदस्यीय राष्ट्रपति मण्डल र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुप अगांल्नु नै देशको लागि हितकारी हुने समेत निष्कर्ष निकालेको छ ।

साथै नेपाल जस्तो विविधताले भरिएको र अल्पसंख्यक समुदायहरुको साझा वसोवास थलो रहेको देशमा निर्वाचन थ्रेस होल्ड राख्नै नहुने र राखेमा त्यसले अलोकतान्त्रिक र निषेधको राजनीतिलाई बढवा दिने निष्कर्ष निकालेको छ ।

भेलाको निर्णयहरु सार्वजनिक गर्न आज भेला स्थल हेटौडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका सञ्चार विभाग प्रमुख टोल अस्लामीले उक्त कुरा जानकारी दिनु भएको हो । सो सम्मेलनमा पार्टीले अव अन्य कुनै पनि गठवन्धनमा आवद्ध नभई आफनै नेतृत्वमा वृहत्त राष्ट्रिय मोर्चाको निर्माण गर्ने, मंसीर १ गते देखि राष्ट्रिय राजनैतिक निकासको लागि दबाव दिन शान्तिपूर्ण आन्दोलनको शुरुवात गर्ने, पार्टीको आगामी जेठ महिनामा हुने ११ औं राष्ट्रिय भेला भित्र २ लाख पार्टी सदस्य तयार गर्ने निर्णय समेत गरेको सो अवसरमा अस्लामीले जानकारी दिनु भयो ।

त्रिपक्षीय गोर्खा भर्तीको सन्धी अन्तर्गत विश्वभर छरिएर वस्न वाध्य भएका गोर्खा नामवाचक नेपालीहरुका सन्तानलाई निर्सत वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न पाउने अधिकार संवैधानिक रुपमै गर्नुपर्ने सो पार्टीको माग रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

पार्टी स्थापनाको रजत बर्षको अवसरमा विश्व जनमुक्ति सम्मेलन कतार वा भारतमा गर्न लागिएको पनि सम्मेलनमा सञ्चार विभाग प्रमुख अस्लामीले जानकारी दिनु भयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %