नेपाल मगर सांस्कृतिक संघ कास्कीद्वारा गायिका सृष्टि पुनमगरको बिदाइ तथा शुभकामना आदानप्रदान !

Read Time:3 Minute, 3 Second

रूद्र श्रीसमगर

पोखरा, कात्तिक ११ – नेपाल मगर सांस्कृतिक संघ कास्कीले नेपालीहरूको दोस्रो ठूलो चाड तिहार, नेपाल सम्वत् ११३७ एवं छठका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा आफ्नो सांगीतिक प्रस्तुतीका शिलशिलामा कतार जान लागेकी संघले जिल्ला सदस्य लोक तथा दोहोरी गायिका सृष्टि पुनमगरलाई बिदाइ समेत गरेको छ ।

सो अवसरमा बोल्दै नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरले कास्कीमा संघको स्थापना भएको छोटै समयमा संघले रचनात्मक कार्य गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।

मगर कलाकारहरूको व्यवसायिक विकास र मगर संस्कृतिको प्रबद्धनमा संघले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्दै श्रीसमगरले नेपाली लोकसंगीतलाई माथि उकास्न मगर सांस्कृतिक संघले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कलाकार सृष्टि पुनमगरको विदेश यात्राको सफलताको शुभकामना दिनुभयो ।

उदीयमान म्यूजिक भिडियो निर्देशक एवं मोडल गोविन्द पुनमगरले मगर कलाकारहरूले मौलिक पहिचानलाई बिर्सन नहुने बताउँदै सञ्चारमाध्यममा आउन नसक्दा कतिपय राम्रा कलाकारहरू पनि ओझेलमा परेको उल्लेख गर्नुभयो । लोकगायिका सृष्टि पुनमगरको विदेश यात्रा सफल रहोस् भन्ने शुभकामना दिँदै पुनमगरले विदेशमा गएर संघ र कलाकारको प्रतिष्ठा ऊँचो बनाउन सुझाव दिनुभयो ।



 नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय सदस्य पदम थापामगरले संघले मगर संस्कृतिको प्रबद्धनका लागि अगुवाइ गर्ने बताउँदै कास्की जिल्लाले संघको अभियानमा सक्रिय साथ र सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

लोक तथा दोहोरी गायिका सृष्टि पुनमगरले जस्तै अन्य कलाकारको पनि विदेश यात्राका लागि अवसर आउनसक्ने भन्दै थापामगरले संघमा आबद्ध भएर आफ्नो सांगीतिक जीवनलाई अघि बढाउन सम्पूर्ण मगर कलाकारहरूलाई आग्रह समेत गर्नुभयो ।

संघका कास्की जिल्ला अध्यक्ष दीपक थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज थापामगर तथा उपाध्यक्ष सरिता थापामगरले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %