हुबिमगर
मकवानपुर, कार्तिक ११ – राष्ट्रीय जनमुक्ति पार्टी संघीय परिषद केन्द्रिय बिस्तारित पहिलो भेला मकवानपुरको हेटौडामा सुरू भएकोछ ।
तामासालींग राज्य परिषद मुल ब्याबस्थापन र रा.ज.मु.पा.जिल्ला कार्य समिति मकवानपुरको सहब्याबस्थापनमा पार्टीको बिस्तारित भेला ९,१० र ११ तिन दिन सम्म चल्नेछ ।
पार्टी अध्यक्ष खड्क प्रशाद पालुंगवाले बिस्तारित भेलाको उध्घाटन गर्नु भएको थियो । भेलालाइ सम्बोधन गर्दै २०७२ असोज ३ गते जारी नयाँ संबिधान तानासाही, जनघाति भएकोले हाम्रो मुक्ति वा मुद्दा सम्बोधन हुन नसकेकोले फेरी जनताले तेस्रो जनआन्दोलन सुरू गर्न नश्नबादी सरकार बाट बाध्य पारिएको छ ।

यदि यसो भएमा अबको नयाँ संबिधानको पुनर्लेखन हाम्रो पार्टीको नेतृत्वमा लेखिने अध्यक्ष पालुंगाले बताउनु भयो ।
अन्य बक्ताहरूमा सहअध्यक्ष मान ध्वज व्लोन तामांग, प्रबास बिभागका उपाध्यक्ष कमला थापा, खसान राज्य परिषदका ईन्चार्ज राम कुमार चौलागाई,संघीय परिषद सदस्य रमेश गजमेर र पार्टीको सास्कृतिक बिेभाग प्रमुख होमलाल पुन मगरले ब्यंगतमक कबिता र गित बाट सन्देश दिएका थिए ।

बिभिन्न राजनैतिक पार्टी परित्याग गरि करिब ३०० जना नेता कार्यकर्ता राष्टिय जनमुक्तिमा प्रबेश गरेकालाई अध्यक्ष लगायतका नेताहरूले स्वागत साथै पार्टी सदस्यता बितरण गरेका थिए ।
पार्टीका सचिब गंगा खासु थापाको सन्चालनमा तामासालींगका उपाध्यक्ष शोबिन थिंग तामांगले स्वागत मन्तब्य राखेका थिए ।

उध्घाटन सत्र र बन्दसत्र गरि दुई भागमा कार्यक्रम रहेकोमा पार्टी अध्यक्षले बन्दसत्रमा देशको समसामयिक बर्तमान राजनीतिक प्रतिबेदन पेस गर्नु भएकोछ । उक्त प्रतिबेदन माथी भोली १० गतेका दिन समुहगद छलफल हुदैछ । यो छलफलले पार्टीको आगामी दिनको रोडम्याप तय गर्ने छ ।
आजको प्रगति प्रतिबेदन बाचन गर्नेहरूमा संगठन बिभाग प्रमुख राम परियार, पार्टीका कोषाध्यक्ष डब गरबुजा र आन्तरिक लेखा परिंक्षर्णका सदस्य हुमबहादुर पचभैया थापा मगर थिए । ११ गतेका दिन बिभागीय प्रमुख , राज्य परिषदका ईन्चार्ज र जिल्ला अध्यक्षहरूको प्रगति प्रतिबेदन पनि पेस गरिने भएकोछ ।
