राती नौ बजे सम्म मात्रै देउसी भैलो खेल्न प्रशासनको आग्रह !

Read Time:1 Minute, 59 Second

देब पचभैया

पाल्पा, कार्तिक ११ – जिल्ला प्रशासन कार्यालय पाल्पाले राती नौ बजे सम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेको छ ।

देउसी भैलो लगाएतका बिभिन्न सास्कृतिक कार्यक्रमहरु रातको समयमा गर्दा अवान्छित गतिबिधिमा संलग्न व्यक्तिहरुले शान्ती सुरक्षामा प्रतिकुल असर पुग्न सक्ने भएकाले सुरक्षालाई ध्यान दिएर रातीमा देउसी भैलो खेल्न रोग लगाएतको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

बुधबार प्रेस बिज्ञप्ती मार्फत प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले तिहार र छठ जस्ता पर्बहरुमा भुईचम्पा, पटाका आतिसबाजी जस्ता बिस्फोटक पर्दाथको प्रयोग नगर्न पनि आग्रह गर्नुभएको छ ।

ति बिस्फोटक पदार्थको प्रयोगले सर्बसाधारण जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्न जाने , चोट पटक लाग्ने तथा आगजनी भई जनधनको क्षति पुग्न सक्ने भएकाले त्यस्तो बिस्फोटक पदार्थहरुको उत्पादन, आयात, निर्यात बिक्रि बितरण ओसार पसार तथा प्रयोग नगर्न र आफ्ना बालबालिकाहरुलाई भुईचम्पा, पटका र आतिस बाजी जस्ता प्रज्वलनशिल पदार्थको प्रयोग गर्न नदिन आग्रह गरिएको उहाको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले आफ्नो अनुरोधलाई बेवास्ता गरी  बिपरित कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %