माया घले मगर
कात्तिक ११ – लुम्बिनी कपिल बस्तु दिवस अभियान इजरायल राष्ट्र समितीको आयोजनामा आधारभूत उद्घोषण तालिम तेल अभिब इजरायलमा सम्पन्न भयो !
उक्त तालिम इजरायलमा रहेर विभिन्न क्षेत्रमा काम गर्ने ११ जना नेपाली महिला हरुको सहभागिता भएको थियो | सप्तानता बिदा लाई उपयोग गर्दै असोज पहिलो साता बाट सुरु गरीएको आधारभूत उद्घोषण तालिम सनिबार १ बजे देखि ५ बजे सम्म इजरायलको तेलाभिमा संचालन गरीएको थियो |
समापन कार्यक्रम मा लुम्बिनी कपिलबस्तु दिबस अभियान संयोजक मिना बान्तवा राई ले सहभागी प्रशिक्षार्थीहरु लाई कार्यक्रम तालिममा सहभागी भै कार्यक्रम सफल पार्नु भएको धन्यबाद व्यक्त गर्नु भएको थियो राईले भन्नु भयो आधारभूत उद्घोष तालिम मा सहभागी भई सके पछि प्रत्यक्क्ष र अप्रत्यक्ष रुप मा सबै प्रसिक्षर्थि हरुमा सकारात्मक परिवर्तन आएको महसुश गरेको बताउनु भयो ।
उहाले भन्नु भयो कुनै पनि कार्यक्रम थालनी गर्दा लक्ष र उद्देस्यको स्पष्ट भए मात्र आफु पनि सफल हुने भएकोले अब सहभागी दिदी बहिनि हरुले आफ्नो लक्ष स्पष्ठ पारेर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो र प्रशिक्षक सिएन. एन. ई. पुष्प श्रेष्ठ लाइ पनि धन्यबाद दिदै उहाँको प्रशिक्क्षन गराइको तारीफ गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रशिक्ष्यार्थी लमु सेर्पाले आधारभूत उद्घोषण तालिम संचालन गरेर थप नयन ज्ञान आर्जन गर्न र आफ्नो व्यक्तित्व बिकाशको लागि चाहिने पूर्वधार तयार गर्नु टेवा पुरै दिनु भएको मा आयोजक्लागायत प्रसिक्क्षक लाई धन्यबाद दिनु भएको थियो यस कार्यक्रम लेबोलने बानीको मात्र बिकाश नभएर पढ्ने खोज्ने सोध्ने र सत्यकुरा मात्र प्रस्तुत गर्ने आधार हरु तयार गरेकोछ त्यसैले तालिम मा सहभागी मात्र ठुलोकुरा नभएर हामीले २१ घण्टा सिकेको सीपलाई ब्यबहारमा समेत निरन्तरता देखाउनु पर्ने बताउनु भयो !

त्यस्तै धेरै सहभागी प्रशिक्ष्यार्थी हरुले यस कार्यक्रम बाट थप केहि काम गरू भन्ने उर्जा मिलेको बताए आधारभूत उद्घोषण तालिम को प्रशिक्षकको चन्द्र नारायण नन्द लक्ष्मी फाउन्डेसन संस्थापक तथा सी एन एन ई नयूज डटकाम को सक्रियतामा संचालन भएको उहाँ लुम्बिनी कपिल बस्तु दिवश अभियान इजरायल राष्ट्र समितीको सल्लाहकार समेत रहनु भएको छ ।
यो दोस्रो पटक को तालिम हो उद्घोषण तालिमले गरेको प्रशिक्षक ले बताएका छन यस अघि पनि २०१२ साल मा तेलाभी मै उद्घोषण तालिम गरिएको थियो | कार्यक्रम मा उद्घोषण काल लगायत कार्यक्रम निर्माण र प्रस्तुतिकारण समाबेश गरीएको आयोजकले बताए | अन्तिमको भगवती मगर बाट उद्घोषण तालिमको प्रशिक्षण गर्दै गरेको दृश्य !
