हुबिमगर
चितवन, कार्तिक ६ – राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्यपरिषद २ दिने राजनीतिक शिविर कार्यक्रम नवलपरासीको गैडाकोट, मौलाकालि समुदायिक बन उपभोक्ता समिति कार्यालयको सभाहलमा सुरू भएकोछ ।
केन्द्रिय पार्टी अध्यक्ष खड्क प्रशाद पालुंगवाले आज एक कार्यक्रम बिच उद्घाटन गर्नु हुनेछ । कार्यक्रम २ दिन सम्म चल्ने छ ।

मगरात राज्यपरिषदका अध्यक्ष ईनद्र बहादुर मास्की मगरको सभापतिमा सचिब टकबहादुर बिरकट्टा मगरको सन्चालनमा मगरातका उपाध्यक्ष क्या. नरबहादुर ठाडा मगरले स्वागत मन्तब्य राख्नु हुने छ ।
शिविर कार्यक्रममा पार्टी सहअध्यक्ष बुद्द शिरी लामा, मगरात संयोजक तथा उपाध्यक्ष हस्तबहादुर थापा मगर, संगठन बिभाग प्रमुख रामु परियार, उप प्रमुख के.बी. पुन मगर, संघीय परिषद् सदस्य हुमबहादुर थापा मगर, मन्धरी आले मगर, दलहादुर बिरकट्टा मगर, मानकुमारी पाईजा, सुर्य बहादुर थापा संघीय महासभा सदस्यहरू, पार्टीका जिल्ला अध्यक्ष तिलबहादुर झेडी मगर, तनहुँ जिल्ला अध्यक्ष भुवन सिं थापा मगर लगायत मगरात सबै जिल्लाका अध्यक्ष, उपाध्यक्ष सचिब गरि करिब २०० जनाको उपस्थित रहने छन ।

२ दिन सम्म चल्ने राजनीतिक शिबिरमा राष्ट्रीय जनमुक्ति पार्टी अन्तरगत मगरात राज्यपरिषदमा रहेका १८ जिल्ला संगठनहरूको २०७३ साल मंसीर महिना भित्र एउटै दिन, एकै समयमै जिल्ला अधिवेशन गर्ने निर्णय गरिने सोरत बताउछ ।
मगरात राज्यपरिषद भित्र गोरखा,तनहु, नवलपरासी, पाल्पा, स्यांजा, पर्बत, बागलुंग, म्याग्दी, गुल्मी, प्यूठान, अर्गाखाँची, दांग, सुरखेत, रोल्पा, रूकुम, डोल्पा, दैलेख र सल्यान गरि १८ जिल्ला रहेको छ ।

राष्ट्रीय जनमुक्ति पार्टीले आज काठमाण्डौमा बरिस्ठ उपाध्यक्ष यामबहादुर बुढाथोकीको नेतृत्वमा नेवा राज्यमा संघीय माहासभा सदस्यहरूलाई नबिकरण गर्दै छ । गोरखा जिल्लामा संगठन बिस्तारको लागी तनहुँ बाट जिल्ला उपाध्यक्ष मिना थापा र सचिब झकबहादुर सारू पुग्नु भएको छ ।

कपिलबस्तु जिल्ला अधिवेशन को लागी पार्टी महासचिव केशब सुर्यबंसी र धनकुट्टामा पार्टी बिस्तारको लागी बिदेस बिभाग प्रबास उपाध्यक्ष कमला थापा मगर पुग्नु भएको राज्यसत्तालाई समचारहरू प्राप्त भएको छ ।

