गोविन्द घर्ती
देवदह, कार्तिक ५ – बैज्ञानिक वन व्यवस्थापनले मात्र वनको संरक्षण र सम्वद्र्धन हुन सक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उनीहरुले हरेक सामुदायिक वनहरुले बैज्ञानिक वन व्यस्थापनमा लाग्नु पर्नेमा जोड दिएका थिए । बुद्ध सामुदायिक वन उपभोक्ता समुह देवदहको छैठो साधारणसभा तथा तेश्रो अधिवेशन कायक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
सोही कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले सामुदायिक वनहरुले वृक्षारोपण गरेर मात्र नभई त्यसको गोडमेल गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।अधिकृत घिमिरेले सामुदायिक वनहरुले लगाउने वृक्षारोपणमा आय आर्जन गर्न सक्ने विरुवा रोप्नु पर्नेमा जोड दिनु भयो ।
उहाले सामुदायिक वनहरुले गर्ने हरेक विकास निर्माणका कामहरु नगरपालिका संग सहकार्य गरेर अगाडि बढ्न सके देवदह क्षेत्रको विकासमा टेवा पुग्नेमा जोड दिनु भयो । उहाले देवदह पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्र भएकोले सामुदायिक वनहरुले पर्यटक भित्र्याउने खालको कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भयो ।
बुद्ध सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा सेक्टर वन कार्यालय शिलतनगरका सहायक वन अधिकृत सतेन्द्रनारायण सिंह, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका उपाध्यक्ष तेजबहादुर कुवर, नेपाली काग्रेसका गुणाखर भूर्तेल, नेकपा एमालेका विद्यालक्ष्मी गुरुङ्ग, नेकपा माओवादी केन्द्रका मेघनाथ पौडेल, देवदह स्वास्थ्य चौकीका जयकिशन अधिकारी, समाजसेवी झिल्लुप्रसाद न्यौपाने, देवदह साकोसका बुद्धिसागर अर्याल, रेडियो देवदहका रमेश पोखरेल, पुर्व अध्यक्ष यमलाल तिवारी, सल्लाहकार दलबहादुर पाईजा, हिमालय प्रताप सेन, विनोद दर्लामी, रामवरण यादव, सावित्री सारु लगायतले बोल्दै आम उपभोक्ताहरुको सक्रियताले मात्र वनको संरक्षण र सम्वद्र्धन गर्न सकिनेमा जोड दिएका थिए ।
कार्यक्रममा २१ जना जेष्ठ नागरिक, ४ जना विद्यार्थी, पुर्व अध्यक्ष लगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी युगज्योति माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थी प्रदिप दर्जी र रुपमाया गुरुङ्गलाई छात्रवृत्ति वापत एक बर्षको फिस र ड्रेस प्रदान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष रानाले प्रगति प्रतिवेदन र सचिव शान्ति रोकाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समुहका उपाध्यक्ष थमन सिंह गुरुङ्गको स्वागत र वावुराम न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
