माया घले मगर
एनआरएन इजरायलले आयोजना गरेको महिला पुरुष भलिबल खेलमा नेपाल मगर संघ इजरायलले महिला पुरुष दुबै टिम मा प्रथम स्थान हासिल गर्न सफल भएका छन । शुक्रबार साझ ४ बजे देखि सुरु भएको सो प्रतियोगितामापुरुष तर्फ भलिबलमा मगर संघ इजरायलले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ भने द्वितीय र तृतीय स्थान क्रमशः इजरायलमा रहेका सर्वसाधारण नेपालीहरुविचबाट छानिएर वनाइएको टिम मिलिजुलीले द्वितिय स्थान हात पार्न सफल भएको थियो ।
त्यसै गरि महिला तर्फ भलिबलमा पनि नेपाल मगर संघ इजरायलले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । कायापलट एफसी, झापाली समाज इजरायल, केवाईसी, एनआरएनए एनसिसी इजरायल, मगर समाज इजरायल, शेर्पा संघ इजरायल गरी ५ वटा टोलीको सहभागिता रहेको फुटवल खेलमा उपविजेती झापाली समाज इजरायलमा स्ट्राइकर सुन्दर नेपालले सार्वाधिक ५ गोल गरेका थिए त्यस्तै झापाली समाजका मिलन शिवाकोटी प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए भने कायापलट एफसीका आशिष दाहाल वेस्ट प्लेयर चयन भए ।
फुटबल खेलमा पहिलो स्थान गर्ने कायापलट एफसीलाई २००० सेकेल नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने उपविजेता झापाली समाज इजरायललाई १००० सेकल नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।यसैगरी भलिवल पुरुषतर्फ प्रथम स्थान हांसिल गर्ने मगर संघ इजरायलले १५०० सेकल नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने महिला भलिबलतर्फ पनि प्रथम स्थान हासिल गर्ने मगर संघ इजरायललाई १००० सेकल नगद पुरस्कार, ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।मगर संघ इजरायलका खेलाडी बिजय पुनमगरलाई म्यान अफ द म्याच घोषणा गरि सम्मान गरिएको गरिए । साथै, बिजयीहरुलाई नेपाली राजदुतावास इजरायलका कार्यबाहक महामहिम राजदुत रामेश्वर पौडेल र एनआरएन इजरायलका अध्यक्ष दिपक वली द्दारा नगद, मेडल, ट्रफी र प्रमाण पत्र बितरण गरेका थिए ।
एनआरएन इजरायलका कोषाध्यक्ष एबं मगर संघ इजरायलका संरक्षक श्री तारा काउछा मगरले जानकारी गराएका थिए । अन्तमा एनआरएन इजरायलका अध्यक्ष दिपक ओलीले आगामी नयाँ बर्षमा एनआरएनए आइसिसीका अध्यक्ष शेष घले, बरिष्ठ उपाध्यक्ष कुमार पन्त र उपाध्यक्ष ववन भट्टलाई ल्याइ कार्यक्रम गर्ने घोषणा गरेका थिए ।