पोखराको ए.एस रियल स्टेट एण्ड हाउजिङ कम्पनील चितवनमा पनि

Read Time:2 Minute, 44 Second

राज्यसत्ता,

पोखरा, असोज ३० गते – पोखरामा १५ वर्ष देखि घर जग्गाको कारोबार गर्दै आएको ए.एस रियल स्टेट एण्ड हाउजिङ कम्पनील चितवनमा नयाँ हाउजिङ कम्पनी सञ्चालनमा ल्याएको छ । ए.एस रियल स्टेट एण्ड हाउजिङ कम्पनीले आफ्नो दोस्रो शाखा भरतपुर मालपोत चोकमा आइतबार देखि सञ्चालनमा ल्याएको हो । शाखाको प्रभु हाउजिङ प्रालीका अध्यक्ष तेजबहादुर कार्की ‘केशव’ले शाखाको उद्घाटन गर्नुभयो  ।

  २०७१ सालदेखि घरजग्गामा काम गर्दै आएको  ए.एस रियल स्टेटले पोखराको चाउथे, लेखनाथ, न्यूरोड लगायतका क्षेत्रमा घरजग्गाको कारोबार गर्दै आएको भए पनि पछिल्लो समय चितवनमा समेत काम सुरु गरेको छ । ए. एस रियल स्टेट एण्ड हाउजिङ कम्पनीका अध्यक्ष हरिहर सापकोटाले व्यवस्थित शहर निर्माण गर्न चितवनमा घरजग्गाको व्यवसाय विस्तार गरेको बताउँदै उहाँले  सानो तथा ठुलो पूँजी हुने सबैलाई लक्षित गरि हाउजिङ योजनाहरु अगाडि बढाएको बताउनुभयो  ।

चितवनमा तोरीखेत, मंगलपुर, फुलबारी, पटीहानी, चोकबजार, टाँडी लगायतका क्षेत्रमा जग्गा प्लटिङ गर्न लागिएको उहाँले जानकारी दिनुभयो  । कम्पनिका  अध्यक्ष तेजबहादुर कार्की ‘केशव’ ले चितवनलाई व्यवस्थित शहरका रुपमा विकास गर्न अस्वस्थ प्रतिस्पर्धा हटाइनुपर्ने बताउनुभयो  ।

 उहाँले  रियल स्टेट कम्पनीहरुबीचको सहकार्यले दीर्घकालिन रुपमा व्यवस्थित शहर विकास गर्न सकिने बताउनुभयो  । ए.एस रियल स्टेट एण्ड हाउजिङ कम्पनीका चितवन शाखा सञ्चालक बसन्त सापकोटाले चितवनमा घरजग्गाको कारोबारको अध्ययन गरेरै व्यवसाय विस्तार गरिएको बताउनुभयो  । व्यवसायी नरेन्द्र सिग्देलले व्यवस्थीत शहर बनाउन हाउजिङ कम्पनीहरुले सघाउने बताउनुभयो  ।

ए.एस रियल स्टेटले वातावरणमैत्री घर निर्माण गरि सस्तो मूल्यमा ग्राहकलाई उपलब्ध गराउने लक्ष्य लिएको छ । चितवनमा एक दर्जन बढी हाउजिङ कम्पनीहरुले हाल काम गर्दै आएका  छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %