तमु समाज हङकङले प्रथम वार्षिक उत्सव संगसंगै नेपाली चलचित्र मेरो जीवन प्रदर्शन गरे

Read Time:6 Minute, 35 Second
मुक काजी गुरुङ

हङकङ-०९ अक्टोबर २०१६ का दिन तमु समाज हङकङले याउ मातेईस्थित कम्यूनिटी हलमा तमु समाज हङकङ स्थापनाको पहिलो वार्षिक उत्सव भब्यताका साथ सम्पन्न गरेको छ ।
तमु समाज हङकङका सल्लाहकार तथा ज्येष्ठ नागरिक बेल बहादुर गुरुङको प्रमुख आतिथ्य रहेको कार्यक्रमलाई समाजका अध्यक्ष कोमल गुरुङले कार्यक्रमको अध्यक्षता गरेका थिए भने हङकङस्थित बिभिन्न संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधीहरु बिशेष अतिथि र अन्य अतिथिहरुमा समाजका प्रमुख सल्लाहकारहरु रहेका थिए । प्रमुख अतिथि र तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए भने सा-साना बाल कन्याहरुले आफ्नो जातीय भेषभूषामा सजिएर कार्यक्रममा आउंने पाहुनाहरुलाई अभिवादन गर्दै स्वागत गरेका थिए ।
तमु समाज हङकङका प्रथम उपाध्यक्ष मन प्रसाद गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई समाजकै सचिव श्रीमती अतिता गुरुङले सञ्चालन गरेकी थिईन । कार्यक्रममा नृत्य प्रदर्शन गर्ने सा-साना नानीहरु देखि नृत्य प्रस्तुति कर्ताहरु सबैलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो भने गत १६ सेप्टेम्बर २०१६ का दिन मिस हङकङ नेपाल – २०१६ को ताज पहिरिन सफल स्याङ्जाकी भूमिका गुरुङ लाई पनि सम्मान गरिएको थियो ।
यसैगरि हङकङमै जन्मेर हङकङमै हुर्किरहेका सा- साना बालबालिकाहरुलाई निशुल्क नृत्य प्रशिक्षण देखि नेपाली भाषाका कक्षाहरु र बिभिन्न किसिमका उपलब्धीमूल कार्यक्रमहरु सञ्चालन गराईरहेका हङकङ एकिकृत नेपाली समाज लिमिटेड (हिन्स) का अध्यक्ष बिनय शाहलाई तमु समाज हङकङले खदा (खादा) लगाई कदर पत्रद्वारा सम्मान गरे । प्रवासमा रहेर पनि नेपालीहरुको भाषा, कला, संस्कार र संस्कृति संरक्षण, सम्वर्द्धन तथा जगेर्ना गर्नाको निम्ती ती सा- साना बालबालिकाहरुको लागि प्रेरणाको श्रोत हुन । सायद यी यस्ता कार्यक्रमहरु हङकङमा निशुल्क सञ्चालन गर्ने संस्था हिन्स नै पहिलो हुनु पर्छ । यसैगरि उपस्थित अतिथि महानुभावहरु देखि प्रमुख अतिथि बेलबहदुर गूरूङले बोल्ने क्रममा तमु समाज हङकङले एक बर्षको अवधिमा नै धेरै उपलब्धीमूल कार्यहरु गरिसकेको भन्दै आउंने दिनहरुमा अझ सफलता मिलोस र हङकङमा रहेका सबै तमुहरुलाई समेट्दै ईतिहास रच्न सफल मिलोस भन्दै शुभकामना ब्यक्त गरेका थिए । यसै गरि कार्यक्रममा तमु समाज हङकङका कोषाध्यक्ष बिकास गुरुङले शुरुदेखि वर्तमान सम्मको आर्थिक प्रतिवेदन पेश गरेका थिए र एक बर्षको अवधिमा समाजमा ५ लाख ५० हजार हङकङ डलर भन्दा बढी रकम कोषको खातामा मौज्दात रहेको जानकारी पनि गराएका थिए ।
अन्तमा, कार्यक्रमलाई समापन गर्दै अध्यक्ष कोमल गुरुङले तमु समाज हङकङ स्थापना भएको एक बर्ष पुगेको शुभ अवसरमा तमु समाजलाई यो अवस्था सम्म ल्याई पु-याउंन बिभिन्न क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने तमु समाज हङकङका शुभचिन्तकहरुलाई बिशेष धन्यवाद ब्यक्त गरे भने अब निकट भबिष्यमा नै तमु समाज हङकङले तमु सामूदायिक भवन खरीद गर्न गईरहेको र उक्त सामूदायिक भवन खरीद अभियानलाई आर्थिक सहयोग गर्नुहुने र सहयोगको प्रतिबद्धता ब्यक्त गर्नुहुने मनकारी मनहरुलाई पनि धन्यवाद ब्यक्त गरे ।
यसैगरि उक्त अभियानलाई सहयोग पुग्ने अभिप्रायले पनि मेरो जीबन चलचित्र प्रदर्शन गर्न गईरहेको बताए र उक्त मेरो जीवन चलचित्र सौजन्य स्वरुप प्रदान गर्नु भएकोमा निर्माता याम बहादुर गुरुङ र लेखन तथा निर्देशक कृष्ण कुमार गुरुङलाई बिशेष धन्यवाद ब्यक्त गरे ।
प्रथम वार्षिक उत्सव समापन संगसंगै तमु समाज हङकङले सामूदायिक भवन खरीद सहयोगार्थ चलचित्रकर्मी कृष्ण कुमार गुरुङको लेखन तथा निर्देशन रहेको नेपाली चलचित्र (मेरो जीवन ) प्रदर्शन गरेका थिए । चलचित्र प्रदर्शन गर्नु अगाडि मेरो जीबन चलचित्रका भीअाईपी र साधारण टिकटहरुलाई संकलन गरेर भाग्य चिठ्ठा उडाइएको थियो । जसमा भीअाईपी टिकटबाट गोविन्द रानाले बैंककको लागि २ दिन ३ रातको होटलमा बस्ने सुबिधा सहित २ तर्फी हवाई टिकट हात पारे भने अन्य ५ जनाले मोबाईल फोनहरु हात पार्न सफल भए ।
स्मरण रहोस, तमु समाज हङकङले सामूदायिक भवन खरीद सहयोगार्थ उक्त मेरो जीबन चलचित्र प्रदर्शनको लागि गत २० अगस्त २०१६ का दिन जोर्डनस्थित भारतीय गोर्खा भूपू सैनिक क्लबमा एक कार्यक्रम बिच जानकारी सभाको आयोजना गरि हङकङ डलर ९४,७५० सकलन गर्न सफल भएको थियो भने त्यस पश्चात पनि आर्थिक सहयोग प्राप्त भएका छन ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %