हेभेन्ली पाथ हङकङको दशौं वार्षिकोत्सव सम्पन्न !

चन्द्र मादेन आन्छन्

हङकङ  अक्टुवर १२, स्थानीय टाउन हल स्थित हेभेन्ली पाथ संस्थाको दशौं वार्षिक उत्सव हेभेन्ली निर्माणापाथ प्रेमवादका प्रतिपादक दार्शनिक  गुरु ओम नन्द (गडएन्जल)को समुपस्थितिमा सुसम्पन्न भएको छ ।

एशियाली मुलुकको कलाकारहरुद्वारा विभिन्न  सांस्कृतिक  नृत्य  भेषभुषा प्रस्तुत  गरिएको उक्त कार्यक्रममा ईन्डोनेशियन,चाईनिज, ईन्डियन लगायत नेपालका विभिन्न जातजातिहरूमा लिम्वूका केलाङ,राईका साकेला, तामाङको शेलो, मगरको कौरा, नेवारी वाजा आदि देखाईएको उक्त मनोरञ्जनात्मक कार्यक्रमको सभापतित्व ओम ब.(चेत प्रकाश)गुरूङले गर्नुभएको थियो ।

प्रमुख  अतिथि नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, विशेष अतिथिहरु नववुद्व आमा समुहकी अध्यक्ष पदम कुमारी गुरूङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष  त्रिभुवन  लुम्फुङ्वा लगायत अन्य संघ संस्थाका पदाधिकारीहरूद्वारा पटेका पट्काएर समुद्घाटन गरिएको सो कार्यक्रममा नेपाली समाजमा रहेर विभिन्न क्षेत्रमा उच्च योगदान पुर्याउने प्रतिष्ठित  व्यक्तिहरुलाई अभिनन्दन गरिएको थियो । जस्मा – सामाजिक  सेवामा एकिकृत नेपाली समाजका अध्यक्ष विनय  जंग शाह, खेलकुद क्षेत्रमा  विश्व अल्ट्रा धावक सन्तोष  विश्वास  पाख्रिन, शिक्षा क्षेत्रमा देवराज राई र अमोद राई, चित्रकला क्षेत्रमा दीपेन्द्र राई लगायत हङकङको सेकेण्डरी (एसएलसी) टपर विध्यार्थी, ७५ वर्ष  माथिका जेष्ठ नागरिक एंव प्रत्येक सहभागी  कलाकारहरुलाई  गुरु गडएन्जलको वाहुलीवाट सम्मान प्रशंसा  पत्रले विभूषित  गरिएको थियो ।  
 

दशौं वार्षिकोत्सव  रत्न खिम्दिङको संयोजकत्वमा सम्पन्न भएको   सो सभालाई सह संयोजक  चन्द्र  मादेन आन्छनद्वारा स्वागत  मन्तव्य दिईएको थियो । साडे पाँच घण्टा  निरन्तर  चलेको कार्यक्रममा  ६ सय भन्दा ज्यादा  दर्शकको वाक्लो उपस्थितिलाई कार्यक्रम  संचालिकाहरु संस्थाकी महासचिव  गाय राई, मिस हङकङ(२०१६) सुनिता लिम्वू, फष्ट रनर नेहा राई, र हङकङ सेकेण्डरी (एचकेडिएसी)नेपालीहरुकै टपर विध्यापारिधि प्रेमिशा(चुडा कुमारी) लिम्वूहरूद्वारा नेपाली र अग्रेजीमा उद्घोषन गरिएको थियो ।

नेपालीहरुको दशैंको चाड  र हङकङ सार्वजनिक  विदाको दिन परेकोले साहित्यकार, समाजसेवी, शिक्षक, विध्यार्थी, पत्रकार, वुद्विजिवी र सर्वसाधारणको वाक्लो  उपस्थितिले गर्दा उपस्थित  भिंडलाई नियन्त्रण  गर्न आयोजकहरुलाई हम्मे हम्मे परेको थियो ।
 

यसको विशेषता , अतिनै हर्षोल्लास र मनोरञ्जनात्मक  भव्य भएरहोला, पाँच घण्टा ज्यादा सम्म निरन्तर चलेतापनि उपस्थित दर्शकहरु पानी र विस्कुटकै भरमा अतिनै अभिरुचिका साथ कार्यक्रम  नसकिन्जेल धैर्यधारण गरेर वसेकाथिए भने विदेशी कलाकार र दर्शकहरूको पनि उल्लेख्य उपस्थित  रहेको थियो ।