भारतमा महिसासुर ,नेपालमा खड्ग मगर मार हान्नु !

Read Time:3 Minute, 18 Second

जेकी चाप्चा –

हरेक कालो दशैंमा खड्ग मगर राजाको मार हानेर, सत्ताधारीहरुले नेपालमा ´लगातार आर्य बिजय´को पुकार-पुजा गर्दछ ।हिन्दु बडा दशैंको ´खड्ग हान्नु´ अर्थात् ´मगर काट्नु´ भन्नाले ´जनजातिहरुलाई आर्यहरुबाट, मार हानिरहनु´ भन्ने निर्देशन हो ।

खसि, बोका, राँगाहरुको बिजय दशमी, दशेरा अनि बडा दशैं बलिदिनु अगाडी हानिने लौका, घिरौलाहरुको ´खड्ग मार´ मगर राजा खड्गलाई बाहुनहरुले मारेको प्रतिकबिम्ब हो। भनेर आजसम्म कसैले व्यख्या गरिदिएको पाईएन।त्यसैले त्यसलाई ´खड्ग हान्नु वा खड्ग काट्नु´ भनिने चलनचल्ति अझ्झैपनि यथावत नै छ ।

बिजय दशमीसंग अनार्य असुर राजा महिषासुर आर्यहरुबाट मारिएको र दशैंमा घिरौला, लौका मारहानिने ´खड्ग मार´ गोर्खाको अनार्य अहिन्दु आदिवासी मगर राजा खड्गलाई मारिएको बिजय प्रतिकबिम्बसंग सम्बन्ध राख्दछ। किन कि, सन 1559 को सेप्टेम्बर महिनामा गोर्खामा रहेको खड्ग मगर राजाको टाउको अर्को मगरलाई नै गिंडनु लगाएर मगर राज्य द्रव्य शाहले हत्याउनु सक्नुसंग नेपाललाई शाह वंशको ´मिनी-हिन्दुस्तान´ बनाउने सपना रोपिएको शुभारम्भ तिथी, साईत मानिन्छ। ” यो मतुवालीहरुका देशमा तिमी बाहुनले संधै राज गरिरहनु छभने, तिम्ले यी मतुवालीहरुका टाउका गिंडनु संधै तयार भईरहनु पर्दछ। र गिंडीपनि रहनु पर्दछ। ” भन्ने गोप्य साङ्केतिक निर्देशन हो बाहुनको पर्व दशैंमा ´खड्ग हान्ने संस्कृति´।त्यसो हुनाले, मार हान्नु अगाडी यसरी लौका, घिरौलाहरुलाई जन्तु जस्तो रुप दिएर मगर खड्ग राजालाई सुरुमा मार-काटिन्छ र त्यसपछि अरु जीव-जन्तुहरुको मार हानिन्छ।उस्तैपरे त्यहाँ, एउटा लाटो मगरलाई नै उसको आफ्नै पुर्खा खड्ग मगर राजाको प्रतिक-बिम्बलाई मार-हान्ने निर्देशन बाहुनले दिने गर्दछ।

यसरी हरेक कालो दशैं वास्तबमा नेपालको भुमिपुत्र मुलबासी आदिवासी जनजातिहरुमाथी यहाँ शरणार्थी बनेर आएको बाहुन-क्षेत्रिहरुको एक्कोहोरो बिजय लगातार भईरहोस् भन्दै, सुरुवात मै खड्ग मगर राजाको नाममा अहिलेपनि ´खड्ग मार काटेर´ मनाईन्छ भने, भारतमा चाहिँ आर्यहरुको अनार्य असुरहरुमाथी दशमीको दिनमा भएको बिजयको खुशियालीमा बिजया दशमी मनाईन्छ, दुर्गापुजा गरिन्छ ।

– jeki चाप्चा, 

Picture source:Esamata

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %