इजरायलमा बौद्धधर्मलम्विहरुले सयुक्त रुपमा मणि जप (पूजा) गर्ने तयारीमा

Read Time:1 Minute, 33 Second

 माया घले मगर/इजरायल      

नेपाल तामाङ घेदुङ इजरायल ,र शेर्पा संघ इजरायल र ह्योल्मो समाज इजरायलको  सयुक्त आयोजनमा यहि आउँदो  १५  अक्टोबर २०१६ (शनिबार)का दिन मणि जप पूजा कार्यक्रम  आयोजन  गर्ने  भएको छ ।

तेलअविव  स्थित सलामी स्ट्रीट – १२८ नम्बर (च्याट सेन्टर) नजिकै रहेको भवनमा बिहान ८:१५ बजे देखि  धर्मगुरु लामा थुप्तेन तामाङबाट बौद्धधार्मिक विधिअनुसार पूजाको सुभारम्भ हुने नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष कल्पना मोक्तान तामाङले जानकारी दिनु भएको छ ।

भक्तालुजनहरु द्वारा  सामुहिक रुपमा बढी भन्दा बढी (दश हजार ,दश लाख …) जति सकिन्छ  मणि जप  गर्न  सकेमा पुण्य  प्राप्त  हुने धर्म गुरु थुप्तेन लामा तामाङले बताउनु भएको छ ।  दशैँ  तिहार  लगायत अन्य पर्वहरु वा जुनसुकै प्रकारले  पशुपन्क्षि/जीवहरुको काटमार , हत्या  र  हिंशामा मारिएका  सबैको चिरआत्मा शान्तिको लागि  मणि जप गर्दा  पुन्य प्राप्त हुने भन्नेमा बौद्धधर्मलम्विहरु पूर्ण रुपमा विश्वास राख्दछन् ।

तामाङ अनलाइन  इजरायलबाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %