रूद्र श्रीसमगर
पाल्पा, असोज २० – समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ पाल्पाको फोक्सिङकोट–९, सुरुमडाँडामा सम्मानित हुनुभएको छ । समाजसेवी गुरुङलाई महेन्द्र निम्न माध्यमिक विद्यालय तथा मिलन पुस्तकालयले विद्यालय र पुस्तकालयको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै एक समारोहबीच सम्मान गरेको हो । 
समाजसेवी गुरुङलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर सिंजाली, प्रधानाध्यापक दलबहादुर सुनारी र मिलन पुस्तकालयका अध्यक्ष दुर्गाबहादुर सिंजालीले संयुक्त रूपमा सम्मान गर्नुभएको हो ।
यसैबीच, विद्यालयमा समाजसेवी गुरुङद्वारा स्थापित मिलन पुस्तकालयका लागि पत्रकार रूद्रबहादुर श्रीसले पुस्तक तथा पत्रपत्रिका सहयोग गर्नुभएको छ । विद्यालयमा आयोजित कार्यक्रममा मिलन फाउण्डेशन नेपालका कोषाध्यक्ष देउकी सिंजाली ‘दिपिका मिलन’ले पत्रकार श्रीसले पठाउनुभएको पुस्तक तथा पत्रपत्रिका मिलन पुस्तकालयका अध्यक्ष दुर्गाबहादुर सिंजालीलाई हस्तान्तरण गर्नुभयो ।
महेन्द्र निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर सिंजालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक दलबहादुर सुनारी ‘सिजन’ तथा स्वागत मिलन पुस्तकालयका अध्यक्ष दुर्गाबहादुर सिंजालीले गर्नुभएको थियो ।
मिलन पुस्तकालयका लागि पत्रकार रूद्रबहादुर श्रीस र मिलन फाउण्डेशन नेपालका कोषाध्यक्ष देउकी सिंजाली ‘दिपिका मिलन’ले पुस्तक संकलन अभियान सञ्चालन गरिरहनुभएको छ ।
