देवदहको पेटवनियामा रहेको दुर्गा मन्दिरलाई सरसफाई गरिने !

Read Time:3 Minute, 33 Second

गोविन्द घर्ती

देवदह, असोज २० – रुपन्देहीको देवदह–२, पेटवनियामा रहेको दुर्गा मन्दिर टोललाई पूर्ण सरसफाई टोल घोषणा गरिएको छ ।

एक कार्यक्रमको आयोजना गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले दुर्गामन्दिर टोललाई पूर्ण सरसफाई टोल घोषणा गरिएको हो । नगर स्तरीय सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजना, दुर्गा मन्दिर टोल सुधार समितिको व्यवस्थापनमा देवदह नगरपालिकालाई पूर्ण सरसफाई अभियान अन्र्तगत दुर्गामन्दिर टोललाई पूर्ण सरसफाई टोल घोषणा गरिएको हो ।

सो अवसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पूर्ण सरसफाई अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियो ।

उहाले देवदह पर्यटकीय क्षेत्रको हिसावले महत्वपूर्ण स्थान भएकाले दुर्गा मन्दिर टोलमा होमस्टे संचलालन गर्न सके आर्थिक बृद्धि गर्न सकिने बताउनु भयो । उहाले रुपन्देही जिल्लालाई पुर्ण दिशामुक्त जिल्ला घोषणा गर्न गईरहेको अवसरमा देवदहमा पूर्ण सरसफाई टोल बनाउने अभियानले टेवा पुर्याउनेमा जोड दिनु भयो ।

सोही अवसरमा बोल्दै खानेपानी डिभिजन कार्यालयका प्रमुख शंकरमणि ज्ञवालीले टोलहरुलाई पूर्ण सरसफाई घोषणा गरेर मात्र नभई त्यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । उहाले दुर्गामन्दिर टोललाई पूर्ण सरसफाई घोषणा गर्ने कामले अन्य टोलहरुलाई समेत पूर्ण सरसफाई टोल घोषणा गर्न प्रेरणा मिलेको बताउनु भयो ।

टोल सुधार समितिका अध्यक्ष सरीमाया गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, देवदह नगर विकास समितिका अध्यक्ष दिल्लीराज मरासिनी, नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खड्कबहादुर विक, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सिद्धिचरण भट्टराई, केरवानी खानेपानी सरसफाई उपभोक्ता समुहका अध्यक्ष प्रजापति सापकोटा, नेपाल आदिवासी जनजाति महासंघका बमबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

सो अवसरमा टोल समितिका अध्यक्ष सरीमाया गुरुङ्गले टोललाई पूर्ण सरसफाई घोषणा गर्दा सम्म गरेका कामको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । नागरिक वडा मञ्च देवदह–२, का संयोजक लक्ष्मी सिग्देलको स्वागत र विष्णु पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %