हेल्पिङ ह्याण्ड हङकङद्वारा नेपाली चलचित्र “चपली हाईट -२ ” प्रदर्शन !

Read Time:3 Minute, 18 Second

काजी गुरुङ

हङकङ, अक्टोबर ०५ – हङकङ नेप्लिज हेल्पिङ ह्याण्ड अभियानको सहयोगार्थ नेपाली चलचित्र “चपली हाईट-२” याउ मा तेईस्थित कम्यूनिटी हलमा भब्य प्रदर्शन भएको छ।

चलचित्र शुरु हुनु अगाडि हेल्पिङ ह्याण्डका अगुवा (संयोजक) नरेन्द्र गुरुङ लगायत हेल्पिङ ह्याण्डका अभियानकर्ताहरुलाई पनि मञ्चमा आमन्त्रण गरिएको थियो। यसैगरी चपली हाईट-२ का नायक तथा निर्माता आयुसमन देशराज श्रेष्ठ जोशी र अर्जुन कुमार पनि बिशेष रुपमा मञ्चमा उपस्थित थिए।

अर्का सह-संयोजक बिनय शाहद्वारा सञ्चालित कार्यक्रमलाई संयोजक नरेन्द्र गुरुङले हेल्पिङ ह्याण्डको बारेमा उपस्थितजनहरुलाई जानकारी गराएका थिए। बोल्ने क्रममा संयोजक नरेन्द्र गुरुङले चलचित्र हेर्न आउंनुहुने सम्पूर्ण दर्शक महानुभावहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै हेल्पिङ ह्याण्डले नेपालमा रहेका आम नेपाली जनताहरुलाई दु:खमा सहयोग गर्ने अभिप्रायले सञ्चालन गरेको बताए।

बिशेष गरेर हामी प्रवासी नेपालीहरुले नेपालमा रहेका गरीब, असहाय र आपातबिपतमा परेका नेपालीहरुलाई ब्यक्तिगत रुपमा भन्दा पनि एउटा अभियान मार्फत सहयोग गर्दा धेरै मात्रामा र समयमा नै सहयोग गर्न सकिने हुंदा यस हेल्पिङ ह्याण्डले हाल २५ जनाको अभियानकर्ताको चयन गर्नुको साथसाथै ७ जनाको कार्यकारिणी समिति पनि चयन गरेको बताए।

त्यस मध्ये २५ जनाको अभियानकर्ताले प्रति अभियानकर्ता २० जनाको सदस्य बनाएर ५०० जना सम्मको सदस्य बनाउंने लक्ष्य रहेको र चपली हाईट-२ नेपाली चलचित्र मार्फत अभियानको शुरुवात गरेको संयोजक गुरुङ बताउंछन र यस अभियानलाई सहयोग र समर्थन गर्न हङकङमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आग्रह गर्दै सल्लाह सुझाबको पनि अपेक्षा राखे।

यसैगरी कार्यक्रममा कार्यक्रम संयोजक नरेन्द्र गुरुङले चपली हाईट-२ का नायक तथा निर्माता आयुसमन देशराज श्रेष्ठ जोशी र अर्जुन कुमारलाई खादा लगाई प्रशंसा पत्रद्वारा सम्मान गरे र अन्तमा नायक तथा निर्माताद्वयले चलचित्र हेर्न अाईदिनु भएकोमा सबैलाई धन्यवाद ब्यक्त गर्दै चलचित्रको बारेमा राम्रो नराम्रो प्रतिकृया दिन पनि आग्रह गरे।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %