भोली मगरहरुले बानेश्वर घेराउ गर्ने ।

Read Time:1 Minute, 18 Second

संजय सिंजाली मगर

काठमाण्डौ, असोज १८ – भोली १९गते मगरहरुले बानेश्वर घेराउ गर्ने भएका छन् ।

सरकारले नया संविधानमा आदिबासी जनजाति र अल्पसंख्याको मुद्धलाई संशोधन नगरिकन कार्यन्वायन गर्ने भएपछि मगरहरु बानेश्वर जानेभएका छन् ।

भोली ११ बजे माईतीघर मण्डलामा जम्मा भएर झांकी सहित पहिचान सहितको संघीय संविधान हाम्रो अडान, मगरात स्वायत्त प्रदेश स्थापनाका लागि साझा अभियान, मगरात स्वायत्त प्रदेश सुनिश्चित गर भन्दै नारा लगाउदै बानेश्वरको संसद भवन अगाडी गएर आमसभा गर्ने भएको छ ।

मगरहरुको साझा अधिकारबादी सस्था नेपाल मगर संघ केन्द्रिय समिति र नेपालका सबै राजनैतिक पार्टी संग आवद्ध मगर संघहरुको संयुक्त मगर मंच, संयुक्त मगरात संघर्ष समितिको आयोजनमा कार्यक्रम गर्न लागेको नेपाल मगर संघका उपाध्यक्ष गंगा खासु मगरले राज्यसत्ता लाई जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %