गोविन्द घर्ती
देवदह, असोज १८ – रुपन्देहीको देवदहमा एक दिने कानुनी शिविर सम्पन्न भएको छ । सेलर्ड रुपन्देहीको आयोजना, सर्चफर कमन ग्राउण्डको आर्थिक सहयोग र देवदह तथा केरवानी मेलमिलाप केन्द्रको व्यवस्थापनमा उक्त शिविर सम्पन्न भएको हो ।
शिविरको उद्घाटन गर्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले देवदह क्षेत्रमा लैङ्गिक हिंसा, बैदेशिक रोजगारबाट पिडितका घटनाहरु बढि रहेको बताउनु भयो ।
पहुच नपुगेका आम नागरिकलाई कानुनी शिविरले ठूलो भूमिका खेल्नेमा जोड दिनु भयो । देवदह मेलमिलाप केन्द्रका संयोजक देवु भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता लोकनाथ पन्थ लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कानुनी शिविरमा अधिवक्ता दासीराम पाण्डे, लोकनाथ पन्थ, गिरीराज विक्रम खड्का, हेमा न्यौपानेले सहजीकरण गर्नु भएको थियो । सावित्री सापकोटाको स्वागत र रोमनाथ पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
