केरवानी स्वास्थ्य चौकीका पुर्व ईन्चार्ज ईश्वरी प्रसाद ढुंगानालाई विदाई गरिएको छ ।

Read Time:3 Minute, 10 Second

 

गोविन्द घर्ती

देवदह, असोज १८ – केरवानी स्वास्थ्य चौकीका पुर्व ईन्चार्ज ईश्वरी प्रसाद ढुंगानालाई एक कार्यक्रमका वीच विदाई गरिएको छ ।

सेवा निवृत्त हुनु भएका ढुंगानालाई केरवानी स्वास्थ्य चौकीले एक कार्यक्रमका आयोजना गरी विदाई गरिएको हो । सो अवसरमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक टकप्रसाद चापागाईले एउटा सच्चा र ईमान्दार राष्ट्रसेवकलाई विदाई गर्नुपर्दा दुःख लागेको बताउनु भयो । ढुगानाले स्वास्थ्य क्षेत्रमा अह्म भूमिका खेल्नु भएकोले उहाको विचारलाई आत्मसाथ गरी अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । उहाले ढुंगानाले केरवानी स्वास्थ्य चौकीलाई एउटा नमुनाको रुपमा स्थापित गर्न सफल हुनु भएकोमा धन्यवाद दिनु भएको थियो ।

प्रशासक चापागाईले राज्यल तोकेको समयअवधि स्वास्थ्य संस्थाहरु संचालन हुनु पर्ने बताउदै कार्यालय समयमा बाहिर खटिएको पाएमा आफुले कार्वाही गर्ने बताउनु भयो । सोही अवसरमा बोल्दै ईश्वरी प्रसाद ढुंगानाले आफु केरवानी स्वास्थ्य चौकीको जिम्मेवारीबाट हटेपनि स्वास्थ्यको क्षेत्र भन्दा बाहिर रहेर पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । केरवानी स्वास्थ्य चौकीको स्तरउन्नती गर्न आफुको मेहेनत नभई सम्पूर्ण देवदहवासीको प्रयासले मात्र संभव भएको बताउनु भयो ।

देवदह नगरपालिकाका कार्यकारी अधिकृत तथा केरवानी स्वास्थ्य चौकीका अध्यक्ष गणेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगर विकास समितिका अध्यक्ष दिल्लीराज मरासिनी, देवदह स्वास्थ्य चौकीका जयकिशन अधिकारी, तत्कालिन केरवानी गाविसका पुर्व अध्यक्ष निलकण्ठ पौडेल, यमकुमारी पाठक, राधा गिरी लगायतले बोल्दै ढुंगाना राष्ट्र सेवक मात्र नभई समाजसेवी भएको बताउनु भएको थियो ।

सो अवसरमा केरवानी स्वास्थ्य चौकी, केरवानी स्वास्थ्य चौकी, देवदह नगरपालिका, कर्मचारी, स्वयमसेवी, समाजसेवीहरुले ढुंगानालाई मायाको चिनो प्रदान गरिी विदाई गरिएको थियो । पार्वती अर्यालको स्वागत र बुद्धि ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %