काठमाण्डौमा बस्ने स्यापरहरूले क्वीन्स गोर्खा इञ्जिनियर्सको ६८ औं जन्मदिन मनाए !

Read Time:2 Minute, 19 Second

सन्जय सिँजाली मगर

काठमाण्डौ,असोज १८- बेलायती सेनाको ब्रिगेड अफ गोर्खाज अन्तर्गत क्वीन्स गोर्खा इञ्जिनियर्सको ६८ औं जन्मदिन काठमाण्डौमा मनाइएको छ ।

काठमाण्डौ स्थित जाउलाखेलको cristle party palace मा आईतबार १६ असोजका  दिन एक समारोहको आयोजना गरी क्वीन्स गोर्खा इञ्जिनियर्सको जन्मदिन मनाइएको हो । जन्मदिन विशेष कार्यक्रममा २११६४०६१ स्याप्पर बिश्व रार्इले केक काट्नुभएको थियो ।

जन्मदिनकै अवसरमा मेजर अशोक कुमार थापा ,क्या.गोपालकृष्ण गुरूङु,२११५९९२८ कर्पोरल मकरबहादुर गुरूङ,२११६२५८८  कर्पोरल हुमबहादुर थापा मगर,२११६३२०४ कर्पोरल श्रीप्रशाद गुरूङ र २११६३६५८ लान्सकर्पोरल गंगाबहादुर राना मगरलार्इ सम्मान गरिएको थियो ।

क्वीन्स गोर्खा इञ्जिनियर्स (क्यूजीई) रेजिमेन्टल एशोसिएसन काठमाण्डौका अध्यक्ष मेजर सुर्जबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्या. मनिलाल थापा र मेजर भिमबहादुर गुरूङले  रेजिमेन्टल बारे मन्तब्य राख्नु भएको थियो ।

लेप्टेन रबिन्द्र शाहीले special regimental routine order पढेर सुनाउनु भएको थियो । हाल सम्म मृत्यु भएका अफिसर र स्याप्परहरूको नाममा एक मिनेट माैनधारणा समेत गरिएको थियो । क्वीन्स गोर्खा इञ्जिनियर्सको स्थापना १९४८ सालको २८ सेप्टेम्बरमा मलायको सुङैपटानीमा भएको थियो । इञ्जिनियर्स डे हरेक बर्ष बुटवल, पोखरा,काठमाण्डौ र हङकङमा समेत भब्यरूपमा मनाउदै आर्इरहेका छन ।

पुरा फोटो हेर्न तल थिच्नुहोस

Rajyasattaadded 43 new photos to the album:A+AA- काठमाण्डौमा बस्ने स्यापरहरूले क्वीन्स गोर्खा इञ्जिनियर्सको

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %