गोर्खा कम्युनिटी पोखराको सातौ वार्षिक साधारणसभा सम्पन्न !

Read Time:5 Minute, 41 Second

ओम जी.मगर

पोखरा, असोज १७ – आफ्नोपन आफ्नो पहिचान, सबल नेपाल हाम्रो अभियान भन्ने मुल नाराका साथ वि.सं. २०६६ सालमा स्थापित गोर्खा कम्युनिटी पोखराले आइतबार पोखरास्थित सोंपाल तमु समाजमा आफ्नो सातौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि इन्डियन पेन्सन क्याम्प पोखराका प्रमुख लेफ्टिनेन्ट कर्नेल प्रतिक शर्माले  व्रिटिस या भारतीय गोर्खामा रहेर पैसा कमाए पनि पूर्व गोर्खाजहरूले आफ्नो जीवनस्तर उकास्ने बाहेक अन्य उपलब्धिमुलक कार्य नदेखिएको तर अहिले गोर्खा कम्युनिटी पोखराले गरेको प्रगति सुन्दा सन्तोष मिलेको भन्दै प्रमुख लेफ्टिनेन्ट शर्माले प्रशंशा गर्नुभएको थियो । उहाँले गोर्खा समुदायले पैसा मात्र कमाउँदैन, विभिन्न सीप पनि सिकेर आउने र त्यो सीप प्रयोग गर्दा मुलुकमा समुन्नति छाउने बताउनु भएको थियो ।

यस्तै विदेशी भुमिमा विभिन्न ओहोदामा रहेर सेवा गरेपछि अवकश प्राप्त गरी नेपाल फर्किएका ब्रिटिश, भारतीय, सिंगापुर पुलिस फोर्सका भुतपूर्व गोर्खालीहरुको सीप, दक्ष र आर्थिक पक्षलाई व्यवसायिकरण एवं सम्बृद्ध समाज निर्माणका लागि गोर्खा कम्युनिटी पोखराले थालेको आफ्नो अभियानलाई सार्थकरुप दिदै अवको केहि समयपछि आफ्नै भवन मा एकिकृत हुने भएको छ ।

कम्युनिटीले हालसम्म सञ्चालन गरेको द गोर्खाज बचत तथा ऋण सहकारी संस्था, गोर्खा सहकारी उपभोक्ता पसल(गोर्खा ग्रोसरी सप), गोर्खाली रेडियो १०६ मेघाहर्ज, काभ्रेमा रहेको गोर्खा अर्गा्निक फार्म एण्ड रिसर्च सेन्टर र सहकार्यमा सञ्चालित गोर्खा एण्ड बाराह ज्वेलरी ईण्डष्ट्रिज प्रालिलाई अझ व्यवस्थित, उत्पादन र सेवामुखी बनाउन सहकार्यमा सञ्चालित गोर्खा एण्ड बाराह ज्वेलरी ईण्डष्ट्रिज प्रालिसंग सहकार्य गरी पोखराको मुटु न्यूरोडस्थित आफ्नै गोर्खा एण्ड बाराह भवनमा गोर्खा एण्ड बाराह ज्वेलरी ईण्डष्ट्रिज प्रालि, गोर्खा सहकारी उपभोक्ता पसल (गोर्खा ग्रोसरी सप), गोर्खाली रेडियो १०६ मेघाहर्ज एकै स्थानबाट संचालित हुनेछ ।

यो संगै गोर्खा कम्युनिटी पोखराकै मातहतमा रहेको द गोर्खाज बचत तथा ऋण सहकारी संस्था र उपभोक्ताको मागलाई मध्यनजर गर्दै गोर्खा सहकारी उपभोक्ता पसल ( गोर्खा ग्रोसरी सप ) पनि बुद्धचोकस्थित आफ्नै भवनबाट संचालित हुनेछ ।

त्यस्तै गोर्खा हस्पिटल, गोर्खा स्कुल, गोर्खा हार्डवयर, गोर्खा ट्राभल्स, गोर्खा सेक्युरिटी पनि निकट भविष्यमा संचालन गर्ने योजना अघि सारेको छ । यसअघि  पोखराको चाउथेस्थित गोर्खा कम्युनिटी पोखराकै पहलमा गोर्खा चोकको नामाकरण समेत गरिसकेको छ ।

यसै गरी गोर्खाली परिवारका सदस्यहरुलाई असल कर्मको प्रोत्साहन स्वरुप गोर्खा कम्युनिटी पोखराका सोम बहादुर गुरुङ, मीना गुरुङ, प्रेम बहादुर थापा, मेजर लक्ष्मी प्रसाद गुरुङ, क्याप्टेन इन्द्र बहादुर गुरुङ, डब्लु ओ टु  भीम बहादुर गुरुङ, सावित्री गुरुङ, चिनु गुरुङ, डब्लु ओ टु  भुपाल जंग कुंवर, कुलदिप गुरुङ, सु.मे. कृष्ण बहादुर गुरुङलाई खादाद्धारा सम्मान गर्नुभएको थियो ।

गोर्खा कम्युनिटी पोखराका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोर्खाली रेडियोका अध्यक्ष शान्ती गुरुङ, सल्लाहकार क्याप्टेन टिकप्रसाद गुरुङ, गोर्खा तथा बराह ज्वेलरी पोखराका प्रवन्ध निर्देशक हरि धमला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रथम उपाध्यक्ष क्याप्टेन चेतबहादुर गुरुङले स्वागत र सचिव डब्लु ओ टु भुपाल कुावरले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा भूतपूर्व बेलायती सैनिक, भारतीय सैनिक, सिंगापुर पुलिसहरुको बृहत सहभागीता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %