आन्तरिक राष्ट्रियताको सबलीकरणबाट सिंगो राष्ट्रियता बलियो बन्छ : कुमार !

Read Time:2 Minute, 33 Second

रूद्र श्रीसमगर

पोखरा, १६ असोज – नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य हरिराज अधिकारी ‘कुमार’ले आन्तरिक राष्ट्रियताहरूको सबलीकरणबाट सिंगो राष्ट्रियता बलियो बन्ने बताउनुभएको छ ।

आइतबार पार्टीको कास्की क्षेत्र नं. २ को एकता बैठकलाई सम्बोधन गर्दै नेता कुमारले दबाइएका आन्तरिक राष्ट्रियताहरूलाई माथि उठाउनु अहिलेको मुख्य चुनौती भएको बताउनुभयो । ‘नेपालमा अहिले थुप्रै आन्तरिक राष्ट्रियताहरूलाई दबाइएका छन्’, नेता कुमारले भन्नुभयो, ‘तिनलाई माथि उठाउन सके र तिनको सबलीकरणबाट मात्रै सिंगो राष्ट्रियता सुदृढ गर्न सकिन्छ ।

पार्टी शान्तिपूर्ण ढंगले क्रान्तिको तयारीमा रहेको भन्दै नेता कुमारले आवश्यकताले मात्रै संसद्वादी शक्तिहरूसित सम्झौतामा आएको उल्लेख गर्नुभयो । ‘अहिलेको देशको निर्णायक शक्ति माओवादी नै हो’, नेता कुमारले भन्नुभयो, ‘देशको सिंगो राजनीति माओवादी वरिपरि नै घुमेको छ ।

एकता भेलामा पार्टीका पोलिटब्यूरो सदस्य एवं कास्की संयोजक राजकाजी गुरुङ ‘करण’, पोखरा नगर संयोजक दीपक कोइराला ‘रूपक’लगायतले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो । यसैबीच, एकता बैठकले कार्यविभाजन समेत गरेको छ । विभिन्न वडाहरूमा एकता भेला र बैठकहरू गर्ने, पार्टी सदस्यता वितरण तथा नवीकरण गर्नेलगायतका कार्यलाई तीव्रता दिने निर्णय समेत भेलाले गरेको छ ।
 
जसमा आर्थिक विभाग संयोजकमा गायत्री गुरुङ ‘कुसुम’, विकास निर्माण विभागमा भीम विक र प्रचारप्रसार विभाग संयोजकमा रूद्रबहादुर श्रीस रहनुभएको छ । नेकपा (माओवादी केन्द्र) कास्की क्षेत्र नं. २ का संयोजक गायत्री गुरुङ ‘कुसुम’को अध्यक्षता एवं सञ्चालनमा एकता बैठक सम्पन्न भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %