देवदह भलुहीमा सरसफाई कार्यक्रम सम्पन्न !

Read Time:1 Minute, 1 Second

 

गोविनद घर्ती

देवदह, असोज १५ – रुपन्देहीको देवदह भलुहीमा हाईवेय क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

विजया दशमीको अवसरमा भलुही मगर समाज र आदर्श युवा क्लवको आयोजनामा उक्त सरसफाई कार्यक्रम गरेको हो । भलुहीको हाईवेय क्षेत्रमा समाजले सरसफाई गरेको श्याम थापाले जानकारी दिनु भयो ।

भलुहीको हाटबजार क्षेत्र देखि रोहिणी खोला सम्म सरसफाई गरिएको समाजका सचिव जसुपुनले जानकारी दिनु भयो । आफनो गाउ आफै सफा गरौं भन्ने उद्देश्यका साथ भलुही क्षेत्रको हायवेयको सरसफाई गरिएको समाजले जनाएको छ ।

सरसफाई कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, क्लवका सदस्य तथा पदाकिारी र स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %