संजय सिंजाली मगर
काठमाण्डौं, असोज १४ – मगरात स्वायत्त प्रदेश प्राप्तीका लागि मगरहरु असोज १९ गते आन्दोलनको लागि सडकमा ओर्लिने भएका छन् । सरकारले संविधानमा संशोधन नगरी मगरात प्रदेशलाई मेटिने गरि कार्यान्वयन गर्न लागेकोले मगरहरु सडकमा जान लागेका हुन । नेपाल मगर संघ, संयुक्त मगर मंच र मगरात उपत्यका संयूक्त संर्घष समितिको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

मगरात स्वायत्त प्रदेश प्राप्तीका लागि मगरहरुले एकिकृत पहिचान र अधिकार सहितको संघियता हाम्रो अडान, मगर स्वायत्त प्रदेश स्थापनाको लागि साझा अभियान भन्ने मूल नाराका साथ मगरहरुले आन्दोलन गर्न लागेका हुन् ।
मगरहरु असोज १६ गतेका दिन प्रधानमन्त्रि, सभामुख र नेपाली काङ्गे्रस, एमाले, माओबादी केन्द्र, मधेशी मोर्चा र नया शक्ति नेपालका अध्यक्षहरू लाई ज्ञापन पत्र बुझाउन जाने भएका छन् ।

नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष नविन रोका मगरको अध्यक्षतामा उपत्यकामा रहेका मगरहरुका संघ संगठन अध्यक्षहरुको उपस्थितमा राजधानीमा आन्दोलन घोषण गरेको हो । संघको एघारौ राष्ट्रिय महाधिवेशनको म्याडेट बमोजिम एतिहासिक मगरात भूमिलाई एउटै प्रदेशमा समेत्दै अधिकार सम्पन्न स्वायत्त मगरात प्रदेश बनाउनका लागि तपशिल बमोजिमका संघर्षका कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरिएको छ ।
प्रस्तावित मगरात भूमि भित्र रहेका सबै जिल्लाहरुमा संघको संयोजनमा सबै पार्टीका मगर नेताहरु, सबै जातिका स्थानिय नेतृत्वहरुको सहभागितामा मगरात संघर्ष समिति निर्माण गरिएको छ । जस्तै धौलागिरीको बागलुङ्गमा, गण्डकीको कास्कीमा, लुम्बिनीको रुपन्देहीमा, राप्तीको दाङ्ग जिल्ला र काठमाण्डौको राजधानीमा मगरात संघर्ष समिति निर्माण गरि हजारौ मगर हरुलाई संर्घषमा उतारेको छ ।
मगरात भूमि भन्दा बाहिरका जिल्लाहरुमा र विदेशको सबै शाखा-सस्थाहरुमा “मगरात सहयोग समिति” गठन गरि मगरात संघर्षका कार्यक्रमहरुलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने गरी मगरहरु अगाडी बढने भघएका छन ।
