संजय सिंजाली मगर
काठमाण्डौ, असोज १४ – गोरे बहादुर खपाङ्गी फाउन्डेसनको बार्षिक साधारण सभा असोज ९ गते सम्पन्न भएको छ ।

बैठकले असोज २८ गते तमु बौद्ध समाजको भवन, आनमनगरमा स्व. खपाङ्गीको ४९औं पुण्य तिथिमा शोकसभा गर्ने साथै उहाको कृती प्रकाशीत गरी बिमोचन गरिने छ । साथै उहाको व्यक्तित्व माथि बुद्धिजिवीहरु बाट मन्तव्य राखिने निर्णय समेत गरेको छ ।

ठकले फाउन्डेसनको ०७२/०७३को लेखा प्रशिक्षक सुजित एण्ड एसोसिएसका अडिटर सुजित घिमिरे र जयराम के.सी लाई जिम्मा दिए बमोजिम उहाहरुले निशुल्क अडिट गरिदिनु भएकोमा फाउन्डेसनको तर्फ बाट धन्यबाद ज्ञापन गर्यो । साथै ०७३/०७४को लागि पनि सुजित घिमिरेलाई लेखा प्रशिक्षकमा बैठकले नियुक्ति गर्यो ।

हुम बहादुर थापा मगरको अध्यक्षतामा साधारण सभा बसेको थियो । आनमनगर स्थित WHITE SOUND STUDIO सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो । वि.स २०४८ सालतिर स्व. खपाङ्गी सोही भवनमा बस्नु हुन्थ्यो ।
(२०४८साल तिर गोरे बहादुर खपागी बसेको निवास)

