देवदह बजार क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न !

Read Time:2 Minute, 8 Second

गोविन्द घर्ती

देवदह, असोज १४ – देवदह व्यापार संघ रुपन्देहीको आयोजनामा देवदह बजार क्षेत्रमा सरसफाई कार्यक्रम शुरु भएको छ ।

संघले विजया दशमीको अवसरमा देवदह बजार क्षेत्रको सरसफाई कार्यक्रम शुरु गरेको हो । संघले देवदह खैरेनीमा एक कार्यक्रमको आयोजना गरी सरसफाई शुरु गरिएको जानकारी दिईएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले देवदह क्षेत्रलाई स्वच्छ राख्न स्थानीयवासी नै सक्रिय भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

उनीहरुले बेला बेलामा गरिने कार्यक्रम मात्र नभई सरसफाईलाई निरन्तर गर्नुपर्ने बताएका थिए । आफनो गाउ आफै सफा राखौ भन्ने नाराका साथ संघले देवदह क्षेत्रमा सरसफाई अभियान संचालन गरेको हो । देवदह क्षेत्रबाट निस्कने फोहोरलाई उचित व्यवस्थापन गर्न सम्वन्धीत निकायलाई आग्रह गर्दै सरसफाई अभियानलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।

देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सरसफाई अभियन्ता सावित्री वस्याल, संघका सल्लाहकार रुद्रमान ढकाल लगायतले बोल्दै स्वास्थ्य रहन सरसफाईले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । कार्यक्रम संयोजक हरिलाल पौडेलको स्वागत र महासचिव माधव ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सरसफाई अभियान अन्र्तगत देवदह खैरेनी, कचरार खोला, प्रहरी चौकी, कोटिया मन्दिर सम्म सरसफाई गरिएको संघका उपाध्यक्ष दिपक चापागाईले बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %