गोविन्द घर्ती
रुपन्देही, भदौं ११ – नेपाल मगर संघ रुपन्देहीको २० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विभिन्न प्रस्तावहरु समेत पारित गरेको छ । 
अधिवेशनले संविधान, अर्थ र शिक्षाका मुद्दालाई जोड दिदै आठ बुंदे संकल्प प्रस्ताव पारित गरेको छ । जसमा मगरात पहिचान सहितको संविधान, दश हजार मगरबाट जनही दुई हजार आर्थिक संकलन गरी आर्थिक सबलीकरण गर्ने लगायका रहेका छन् ।
अधिवेशनले गीता सारु अध्यक्षको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित गरेको छ । गीता सारुले ५८ मत ल्र्याइ विजयी हुनु भएको छ भने उहाका प्रतिद्धन्द्धी धनी आलेले ५० मत ल्याई पराजित ल्याउनु भएको छ ।
त्यस्तै उपाध्यक्षमा आन बहादुर सोती ५४ मत ल्याएर विजयी हुनु भएको छ भने उहाको प्रतिद्धन्द्धी खेमबहादुर पनुले ४८ मत ल्याउनु भएको छ । सचिवमा कमल थापा ७४ मत ल्याएर विजयी हुनु भएको छ भने उहाका प्रतिद्धन्द्धी संजिव थापामगरले ३२ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी कोषाध्यक्षमा मनोज थापा ५५ मत ल्याएर विजयी हुनु भएको छ भने उहाका प्रतिद्धन्द्धी झम बहादुर श्रीसले ४८ मत प्राप्त गर्नु भएको थियो ।

सहसचिवमा विनोद थापा निर्विरोध चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा कालुराम थापा, पदमबहादुर सारु, प्रेमबहादुर थापा, श्याम राना, भोजबहादुर बुढाथोकी, पुजेन्द्र श्रीस, दुर्गा थापा, श्याम थापा, श्रीधर मास्की रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा नै उमानसिंह राना, उटबहादुर थापा, हेम बहादुर राना, मधु राना, उमाया मगर, ज्योती थापा, चेलिका भुजेल, चमाया पुन, ममता बुढाथोकी, निर्मला थापा र इन्द्रा राना रहनु भएको छ । अधिवेशनबाट निर्वाचित कार्य समितिलाई नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष दलबहादुर विरकट्टा, कोषाध्यक्ष कमला थापा, लुम्बिनी इन्चार्ज धनबहादुर थापा, निर्वाचन मण्डलका संयोजक वालकिशोर राना, सदस्य गोविन्द घर्ती लगायतले बधाई दिदै रुपन्देहीमा मगर संघलाई एक ढिक्का बनाएर लैजान सुझाव दिनु भएको थियो ।
नव निर्वाचित अध्यक्ष सारुले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अधिवेशनको एक कार्यक्रमका वीच नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगरले उद्घाटन गर्नु भएको थियो ।
बुटवलको लखन चोकदेखि शुरु भएको ¥याली बजारको विभिन्न क्षेत्रको परिक्रममा गरी मिडिया चोकमा पुगेर सभामा परिणत भएको थियो । त्यसैगरी अधिवेशनको वन्दसत्र बुटवलको भुपु सैनिक क्लवमा भएको थियो । वन्दसत्रमा विभिन्न खगाउ पालिका/नगरपालिका र जिल्ला समितिको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदनहरु माथि छलफल गरी पास गरेको थियो ।
