मिस तमुस्यो नेपाल २०१६ को ताज स्याङजाकी निशालाई

Read Time:3 Minute, 41 Second

काजी गुरुङ

हङकङ, सेप्टेम्बर २६ – पाँचौ संस्करणको मिस तमुस्यो नेपाल २०१६ का ताज स्याङजाकी निशा गुरुङले हात पारेकी छिन ।

दर्शकले खचाखच भरिएको पोखरा सभागृहमा यहि २४ सेप्टेम्बर २०१६ का दिन सम्पन्न प्रतियोगितामा स्याङजा माझकोट २ राम्चेकी निशाले १८ जना फाइनल प्रतियोगी हरुलाई पछि पार्दै मिस ट्यालेन्ट सहित उपाधी हात पारेकी हुन् । उनले मिस तमुस्यो नेपालको क्राउन सहित नगद ५० हजार र एक हप्ते हङकङ्ग यात्राको अवसर प्राप्त गरिन् ।

तमु जातिको भाषा, संस्कर संस्कृति जगेर्ना गर्ने हेतुले आयोजना गरिएको प्रतियोगितामा कास्कीकी स्यारोन गुरुङ फष्ट रनर अप र कास्की कै सुयोशा गुरुङ सेकेण्ड रनर अप भईन् । फष्ट रनर अप स्यारोनले नगद ३० हजार र सकेण्ड रनर अप सुयोशाले नगद २० हजार सहित विभिन्न गिफ्ट ह्याम्पर हात पारिन ।

प्रतियोगितामा भ्युअर च्वाइस र पब्लिक च्वाइसको उपाधी कास्कीकी प्रिती गुरुङले हात पारिन भने वेष्ट फिगर लम्जुङ्गकी बविता गुरुङ, वेष्ट हेयर स्याङजाकी उमा गुरुङ, वेष्ट कम्प्लेक्स पर्वतकी सिमरन गुरुङ, वेष्ट क्याटवाक कास्कीकी सुयोशा गुरुङ, मिस पर्सनालिटी कास्कीकी स्यारोन गुरुङ, वेष्ठ स्माइल तथा जक्सन पपुलर चितवनकी सुमन गुरुङ, फोटोजेनिक स्याङजाकी निशा गुरुङ मिस फेण्डली कास्कीकी तुलसी गुरुङ मिस कम्फीडेन्स गोरखाकी सब्बु गुरुङ र वेष्ट ल्याङग्वाइज लम्जुङ्ग पसगाँउकी सम्झना तमुस्योले जितिन ।

प्रतियोगितामा पुर्व मिस नेपाल विजेता निलिमा गुरुङ, चलचित्र निर्देशक रामबाबु गुरुङ, बैंकर एवम पुर्व मिस तमुस्यो नेपाल विजेता बुद्धि लक्ष्मी गुरुङ र ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङले निर्णायकको भुमिका निर्वाह गरेका थिए । प्रतियोगीताको अरुण गिरी र पारु गुरुङले कोरियोग्राफी गरेका थिए । नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीका अध्यक्ष एवम मिस तमुस्यो नेपालका संयोजक धनु तमुको संयोजकत्वमा सम्पन्न कार्यक्रमको श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङले उद्घाटन गरेका थिए ।

नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीले आयोजना गरेको मिस तमुस्यो नेपालको उपाधी हाल सम्म कास्कीकी बुद्धिलक्ष्मी गुरुङ, नवलपरासीकी नमिता गुरुङ, रुपेन्देही बुटवलकी दोब्गा गुरुङ र लम्जुङ्ग पसगाँउकी सन्ध्या गुरुङले जिती सकेकी छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %