देब पचभैया
पाल्पा, असोज ८
पाल्पामा भएको स्कार्पियो दुर्घटनामा दुई जनाको ज्यान गएको छ । एक घाईते छन् । बुटवल पाल्पाको चर्चरे नजिकै हिजो बेलुकी १० बजे तिर बा १४ च ९३६४ नम्बरको स्कार्पियो दुर्घटनामा गुल्मी तम्घासका ५५ वर्षिय राम प्रसाद पन्थ र सोही स्थानका ४७ बर्षिय कृष्ण भण्डारीको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
राम प्रसाद पन्थ निर्माण ब्यवशायी हुन् भने कृष्ण भण्डारी सहप्रध्यापक हुन् । चालक तम्घास २ का ५८ बर्षिय देबी राम पन्थी गंभिर घाईते भएको र उहाको पाल्पा स्थित लुम्बिनि मेडिकल कलेज प्रभासमा प्रारम्भिक उपचार पछि शनिबार बिहानै भरतपुर रिफर गरिएको अस्पतालले जनाएको छ । टाउकोमा गंभिर चोट लागेकाले उहाको अवस्था गंभिर छ । पाल्पा बाट बुटवल जादै गरेको गाडी दुर्घटनामा परेको हो । गाडी सडक बाट झण्डै दुई शय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
