देउबहादुर मगरको उपचारमा समस्या !

Read Time:3 Minute, 50 Second

प्रताप रानामगर

दमौली, असोज ८ – तनहुँ साभुङ्गभगवतीपुर ६ धेनुङ्ग मन्फाका ५२ बर्षिय देउबहादुर थापामगर वैदेशिक रोजगारका लागि ३ वर्ष अगाडि कतार पुगेका थिए ।

छोराछोरीको शिक्षादिक्षा र घर खर्चका लागि पैसा कमाउन बढेशकालमा भए पनि देउबहादुर कतारमा ड्रराइभिङ्ग पेशा अगालेका थिए । देउबहादुरले जुन सपना बोकेर कतार गएका थिए । त्यो सपना भने केही वर्षमा चकनाचुर भयो ।

धेरै पैसा कमाउन विदेशीएका उनी विरामी भएर स्वदेश फर्के । स्वदेश फर्कनसाथ उनीले काठमाडौमा स्वास्थ्य परिक्षण गर्दा ठूलो आन्द्रामा क्यान्सर भएको बल्ल थाहा भयो । असार महिनामा स्वदेश फर्केका देउबहादुर अस्वस्थ्य भएका कारण अर्झै सम्म घर भने पुग्न सकेका छैनन् । काठमाडौको ओम अस्पतालमा उपचार गरिरहेका उनी उपचार खर्च नहुँदा समस्यामा परेका छन् ।

देउबहादुरको महिनामा २ पटक दरले किमो थेरापी गर्नुपर्ने चिकित्सकले बताएका छन । २ पटक थेरापी मात्र गर्दा १ लाख रुपैयाँ खर्च लाग्ने गरेको छ । कतारमा ३÷४ लाख रुपैयाँ कमाएको पैसा पनि उपचार खर्चमा सकिसकेको देउवहादुरले भने । ६ महिना सम्म थेरापी गर्नुपर्छ । म संग एक पैसा पनि छैन् कसरी म उपचार गर्नु उनले बताए ।

ठूली छोरी कुश्मा थापा र छोरा नरबहादुर थापा दुवै पोखराको पि.एन क्याम्पसमा स्नातक तहको परिक्षा दिएर बसेका छन् भने माहिली छोरी पुष्पा दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तहको व्यवस्थापन संकायमा दोस्रो वर्षमा र कान्छी छोरी मनिषा थापा गाउँको कामधेनु माविमा कक्षा ९ मा पढ्छिन् ।

५० वर्षिय आमा आइतमाया थापा सामन्य किसान हुन् । छोराछोरी पढ्दा लागेको ऋण तिर्नका लागि श्रीमान देउबहादुर कतार गएको धर्मपत्नी आइतमायाले बताइन् । घरव्यवहार सुल्झाउन र छोराछोरीको भविष्यका लागि श्रीमान विदेश जानुभयो तर अहिले क्यान्सर भएर फर्कनुभएको छ  अव कसरी उपचार गर्ने आइतमायाले रुर्दै भनिन् ।

बाबुको उपचार गर्ने पैसा नभएपछि देउबहादुरका माहिली छोरी पुष्पाले सबैसंग हात जोड्र्दै सहयोग माग्र्दै हिडेकी छिन् । दिदी कुश्मा र नरबहादुर शिक्षक र पुष्पा बैंकमा राम्रो जागिर गर्न लक्ष्य रहेको उनीहरुले बताएका छन् । हामी आ–आफ्नो लक्ष्यमा पुग्नका लागि बाबु निको आवश्यक रहेकाले उपचारमा सहयोग गरिदिन उनीहरुले सबैसंग अनुरोध गरेका छन ।

देउबहादुर उपचारका लागि कताबाट २० हजार र  पुष्पाले संकलन गरेको २० हजार रुपैयाँ र ऋण गरेर निकालेको सहित अहिले सम्म ७ लाख रुपैयाँ खर्च भइसकेको छ भने बाँकी उपचार गर्न ७ लाख रुपैयाँ भन्दा बढी लाग्ने पारिवारिक स्रोत जनाएको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %